डिसहोमका च्यानल लोकप्रिय बन्दै

काठमाडौं / रास– डिसहोमले आफ्ना ग्राहकहरूका लागि थप मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरूको प्रसारण सुरु गरिरहेको छ । डिसहोमले ‘रमाइलो टीभी र ‘एक्सन स्पोर्ट्स’ च्यानलको प्रसारण सुरु गरेको हो । डिसहोमको च्यानल नम्बर १०४ मा प्रसारण हुने रमाइलो टीभीमा नयाँ नेपाली हास्य शृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी शृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण भइरहेका छन् ।

यसैगरी, डिसहोमको च्यानल नम्बर १०५ मा प्रसारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेटलगायतका विभिन्न खेलहरूको प्रत्यक्ष प्रसारण, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू तथा खेलकुदसम्बन्धी विभिन्न कार्यक्रमहरू प्रसारण भइरहेका छन् । पूर्ण रूपमा खेलकुदप्रति समर्पित यस च्यानलमार्पmत देशको कुनै पनि कुनामा सञ्चालन हुने खेल प्रतियोगिताहरू देशभर छरिएर रहेका खेलप्रेमीहरूले प्रत्यक्ष रूपमा हेर्न पाउने डिसहोमले जनाएको छ ।