खोटाङमा टाटा सुमोको सेवा

काठमाडौं / रास– टाटा सुमोले खोटाङ जिल्लाको पशुपतिनाथमा आफ्नो सेवा सुरुगरेको छ । खोटाङ यातायात व्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरिद गरी जिप सेवा सुरु गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रमबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरियो ।

सो कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री मेनेजर अजितनारायण सिंह र खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले संयुक्त रूपमा गरेका हुन् । सो कार्यक्रममा खोटाङका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।