कतार एयरवेजद्वारा सन् २०१८ को पहिलो ग्लोबल सेल्स प्रमोसन सञ्चालन

काठमाडौं / रास– कतार एयरवेजले सन् २०१८ का लागि आफ्नो पहिलो ग्लोबल सेल्स क्याम्पियन ग्लोबल ट्राभल बुटिकको घोषणा गरेको छ । यस योजनाअन्तर्गत यात्रुले एयरवेजको क्याबिन क्लासेसमा यात्रा गर्दा आकर्षक उपहार तथा छुट पाउन सक्ने सो एयरलाइन्सले जनाएको छ ।

संसारभरका गन्तव्यमा एयरवेजका इकोनोमी, बिजनेस र फस्र्ट क्लासमार्फत यात्रा गर्दा यस सुविधाको फाइदा उठाउन सक्नेछन् । यस योजनाअन्तर्गत छुटका साथै यात्रुले कतार एयरवेज प्रिभलेज क्लबमार्फत १ लाख ओमाइल्स, कतार ड्युटी फ्री, कतार एयरवेज होलिडेज तथा विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउन सक्छन् । योजनामार्फत यात्रुलाई टिकट दरमा ३५ प्रतिशत छुटका साथै बिजनेस तथा फस्र्ट क्लासअन्तर्गत क्याम्पियन अफरको समेत फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

बच्चासहितका परिवारले योजना अवधिभर किड्स विशेष अफरअन्तर्गत विशेष छुट सुविधाको समेत व्यवस्था रहेको छ । सार्वजनिक योजनाअन्तर्गत जनवरी ९ देखि १६ सम्म बुकिङ गर्ने यात्रुले हरेक बुकिङमा दोब्बर क्युमाइल्स जित्न सक्ने कम्पनीले जनाएको छ । यसरी बुकिङ गरिएका टिकटको अवधि भने ९ जनवरीदेखि १० डिसेम्बर २०१८ सम्म हुनेछ । साथै, योजना अवधिभर कतार एयरवेज डट कममार्फत बुकिङ गर्ने उपभोक्तालाई ¥याफलमा सम्मिलित गरिनेछ । यसरी ¥याफलमा सहभागीमध्येबाट १० भाग्यशाली विजेताले १ लाख क्युमाइल्सका साथै कतार एयरवेज होलिडेजका तर्फबाट दुई जनाका लागि तीन रात स्टे अफरसहितका १० होटल भौचरमध्ये एक जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।