चितुवाको छालासहित ३ जना पक्राउ

जनक श्रेष्ठ  /  राजधानी
लमजुङ, २९ पुस

लमजुङ सदरमुकाम बेसीशहरको घलेगाउँ होटेलबाट चितुवाको एउटा छालासहित ३ जना युवालाई प्रहरीले पक्राउ गरिएको छ । विषेश सुराकीको आधारमा सो होटेलमा २८ गते राति १० बजेको समयमा जिल्ला प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले छापा मार्ने क्रममा अवैध रुपमा राखिएको चितुवाको छालासहित होटेलको ११० नम्बर कोठामा बसेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय लमजुङले शनिबार पत्रकारभेटघाट गरी चितुवाको छालासहित पक्राउ गरिएको ३ जना युवाहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सुन्दरबजार नगरपालिका वडा नम्बर ५ का २७ बर्षीय बिनोद तामाङ, सोही वडा का २७ बर्षीय राजेश अधिकारी र सुन्दरबजार नपा ६ का २७ बर्षीय कमल तामाङ रहेको जिल्ला प्रहरी निरीक्षक बुद्धि सागर पुरीले बताए ।
उनका अनुसार चितुवाको छालासहित पक्राउ गरिएको ३ जना युवाहरुलाई जिल्ला बन कार्यलय लमजुङमा आईतबार बुझाउँने भएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन बमोजिम कारबाहि हुने जिल्ला बन कार्यलय लमजुङका प्रमुख बालकृष्ण खनालले बताए ।