४ सय जनाले निःशुल्क स्वास्थ्य जाँच गराए ।

जनक श्रेष्ठ  / राजधानी
लमजुङ, २९ पुस

जिल्लामा ४ सय ४ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । स्थानियलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले क्होँलासोथर गाउँपालिकाको आयोजनामा शुक्रबार गरिएको एक दिने नि स्शुल्क स्वास्थ्य जाचमा ४०४ जनाको सख्यामा स्वास्थ्य जाच गरिएको हो । स्वास्थ्य जाच गराउँनेमा २ सय ७३ महिला र १ सय ३१ जना पुरुष रहेका छन् ।

तस्बिरमा क्होलासोथरमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाज्दैँ एक महिला । तस्बिर :जनक श्रेष्ठ

सो मध्ये २ सय ४२ जनाले आखाँजाँच गरेको थियो भने, १ सय ५ जनाले सुगर परिक्षण, ७४ जनाले दाँत सम्बन्धि र ८० जनाले भिडियो एक्सरे सेवा लिएको बताइएको छ । त्यस्तै २ सय ८८ जनाको सामान्य स्वास्थ्य परिक्षण गराए । आखाँ जाच गर्ने १ सय ३१ जनालाई चस्मा वितरण गरिएको छ । क्होलासोँथर गाउँपालिको बाग्लुङपानी स्वास्थ्य चौँकीमा गरिएको सो शिविर लमजुङ जिल्ला सामुदायिक अस्पताल लमजुङको प्राविधिक सहयोगमा संचालित भएको थियो ।
सो शिविर अस्पतालका प्रमुख युवराज देवकोटाको नेतृत्वमा डा.विनय भण्डारी, डेविट, सुलोचना पन्त, दय पन्त लगायत १४ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेको क्होलासोँथर गाउँपालिका अध्यक्ष प्रेम घलेले बताए । सो शिविरमा बृद्धाबृद्धाहरु बढि आएको र उनीहरुलाई आखाँ र दातको समस्या रहेको सो अस्पतालका प्रमुख युवराज देवकोटाको भनाई छ । सो शिविर लमजुङ सेवा समिति हङकङ र कृर्षक जागरण बचत तथा ऋण सहकारी संस्थाको आर्थीक सहयोगमा आयोजना गरिएको थियो ।
त्यस्तै, शनिबार एसियकै नमुना ग्रामिण पर्यटकिय घलेगाउमा समेत सो टोलीले सेवा दिएको छ । सो गाउँका ७८ जनाले स्वास्थ्य सेवा लिएको लमजुङ सेवा समिति हङकङ की सदस्य मिना गुरुङले बताईन् ।