मौसमी रुगाखोकीको शिकार बृद्ध, बृद्धा र वालवालिका

प्रेमराज सिम्खडा / राजधानी
पौष २९ कालिकोट

लामो समयको खडेरीका कारणले कालिकोट जिल्लाका ग्रामिण वस्तीमा फैलिएको मौसमी रुगाखोकीको शिकार वालवालिका र बृद्ध बृद्धाहरु भएका छन । झण्डै ५ महिना सम्मको खडेरीले जिल्लाका सबै गाउँपालिका र नगरपालिकाहरुका वस्तीमा मौसमी रुगाखोकीको रुपमा भाइरल फैलिएको छ । फैलिएको भाइरलका कारणले बिरामीहरुको संख्य निकै वढिरहेको स्वास्थ्य संस्थाहरुले वताएका छन । जिल्लाको दुर्गम क्षेत्रको रुपमा परिचित पलाँता गाउँपालिकामा फैलिएको भाइरलका कारण आज सम्म एक जना मृत्यु भएको खवर आएको छ ।

तर उनको मृत्यु भाइरल संगै दमका कारणले भएको स्वास्थ्य कार्मीले वताएका छन । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले भारइरल फैलिएको हो । तर भाईरलका कारण मृत्यु भने कसैको नभएको वताए । उनले मृत्यु वाट जोगाउन कार्तिक देखि अहिले सम्म निरन्तर स्वास्थ्य शिविर सञ्चालन गदै आएको वताए । कार्तिक १३ देखि १८ सम्म पलाँता गाउँपालिकामा पलाँता महोत्सव संगै स्वास्थ्य शिबिर पनि सञ्चालन गरिएको थियो । शिबिरवाट १८ सय भन्दा वढिले सेवा लिएको अध्यक्ष बमको भनाई छ । त्यस लगतै फेरी मौसमी रुगाखोकी फैलिन सुरु भएपछि एक हप्ताको घुम्ती शिबिर सञ्चालन गरिएको थियो । सो शिबिरले प्रत्येक गाउँ वस्ती घरमा गएर उपचार गरेको थियो ।

त्यसले गर्दा कसैलाई पनि मृत्युको मुखमा पुग्न नदिएको गाउपालिका स्तरिय स्वास्थ्य संयोजक हिमाल सत्यालले वताए । मौसमी रुगाखोकी जिल्लाका अन्य गाउँ तथा नगरपालिकाहरुमा पनि फैलिएको छ । रुगाखोकीले वस्तीहरुमा बिरामी वढ्न थालेपछि रास्कोट नगरपालिकाको नगर कमिटिको वैठकले नै सबै वर्डा र वस्तीमा स्वास्थ्य कार्मी खटाएर उपचार गरीरहेको छ । नगरप्रमुख कासिचन्द वरालका अनुसार नगरपालिमा वसेको वैठकले सबै वडा र वस्तीमा स्वास्थ्यकार्मीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

नगरपालिका भित्रका नौ वटै वर्डाहरुमा स्वास्थ्य शिबिर सञ्चालन गरिरहेको र नागरिकहरुको उपचार भईरहेको नगरका सामाजिक बिकास तथा आर्थिक समितिका संयोजक दयाराम सिम्खडाले वताए । उनले भने नगरपालिकाले नागरिकहरुको जिवन प्रति ख्याल गरिरहेको छ । त्यसैका आधारमा गाउमा स्वास्थ्यकार्मी संगै औषधी पठाएर सेवा दिईरहेको छ । आज सम्म नराम्रो खवर केही पनि छैन । समस्या भएको ठाउमा तुरुन्तै औषधी र स्वास्थ्यकार्मी पठाउने गरिरहेका छौ, उनले भने । उनले आफु यस भन्दा अघि जिल्ला अस्पताल बिकास समितिको अध्यक्ष भएका वेलामा पनि औषधी र स्वास्थ्यकार्मी परिचालनमा निकै ध्यान दिएको समेत वताए ।

सबै ठाउको रिर्पोटलाई हेर्दा सबै भन्दा वढि बिरामी वुढावुढी र वालवालिकाहरु परेका छन । उनिहरुमा रुगाखोकी देखि उच्च ज्वरो आउने, संगै पखाला पनि देखिएको छ । वस्ती वस्तीमा पुगेर उपचार प्रक्रिया सुरु भएपछि बिस्तारै बिरामीहरु तक्रिदै गरेको नगरपालिका स्वास्थ्य संयोजक हंशराज वरालले वताए । उनले भने गाउ संगै नगरपालिका भित्र रहेका सबै स्वास्थ्य सस्थावाट पनि दैनिक उपचार भईरहेको छ । काममा वढि खटिने र चिसोमा पनि वनपजंगल धाउनु पर्ने भएकाले महिलाहरु पनि बिरामी परेको नगरउपप्रमुख मिमसरा बलमे वताइन । उनले भनिन् जति समावेशिका कुरा भएपनि महिलाहरुका पिडा उस्तै छन । यस्तै महावै गाउँपालिका स्वास्थ्य संयोजक गोरखवहादुर शाहीले धेरै जसो मौसमी रुगाखोकीको शिकार बृद्ध बृद्धा र वालवालिका परेको वताएका छन । उनले यो मौसमी रुगाखोकीवाट आत्तीनु पर्ने कारण नभएको वताए । रुगाखोकी भन्ने कुरा मौसम अनुसार स्वभाविक हुन्छ, यसमा रोगसंग लढ्ने क्षमता नभएका मानिस बृद्ध बृद्धा र वालवालिकाहरुमा देखिन्छ ।

खानपिन र तातोको राम्रो प्रवन्ध गरेमा निको हुने भएकाले नआतिन आग्रह गरेका छन । स्वास्थ्य कार्मी शाहीले दैनिक स्वास्थ्य चौकीमा ६० जना भन्दा वढिको जाँच हुने गरेकामा ४५ प्रतिशत वालवालिका र बृद्धबृद्धामा मौसमी रुगाखोकी ज्वरो देखिएको वताए । उनले यो निश्चित दिन सम्म टिक्ने भएकाले नआतीन आग्रह गदै तातो र झोलिलो खाने कुरा वढि खान आग्रह गरेको वताए । यता जिल्लामा रहेको अस्पतालमा पनि दैनिक ५० देखि ६० जना सम्म मौसमी रुगाखोकीका बिरामी आउने गरेको डाक्टर कौसल अलीले वताए ।
उनले पनि जिल्ला अस्पतालमा आउने अधिकांश बिरामी बृद्ध बृद्धा र वालवालिका रहेको वताए । उनले अन्य गाउपालिका तथा नगरपालिकाहरुमा देखापरेको भाईरल बिस्तारै नियन्त्रणमा आएको र सबै स्थानिय निकायले स्वास्थ्य शिविर सञ्चालन गरेका कारणले रोग नियन्त्रणमा सजिलो भएको वताए । उनले तिलागुफा नगरपालिका वाहेक अरु सबै स्थानीय निकायमा भाइरल फैलिएको वताएका छन । त्यो भाईरल मौसमी रुगाखोकी मात्र भएकाले स्वास्थ्यकार्मी र स्थानीय जनप्रतिनिधिहरुको सर्तकताका कारणले नियन्त्रणमा आएर कुनै अप्रिय घटना हुन नपाएको वताए । जलवायु परिवर्तनका कारणले मौसमी रुगाखोकी र बिभिन्न प्रकारका रोगहरु देखिदै आएका छन ।