माघ ४ गते सार्वजनिक विदा फिर्ता गर्न माग

जनक श्रेष्ठ / राजधानी

लमजुङ, २९ पुस

नेपाल सरकारले ४ गते माघमा सार्वजनिक बिदा दिने निर्णय फिर्ता गर्न तामाङ घेदुङ लमजुङले माग गरेका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा पत्रकारभेटघाट कार्यक्रमको आयोजना गरी सो विदा फिता गर्नुपर्ने जनाएको छ । तामाङहरुको सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले माघ ४ गते दिईएको सार्वजनिक विदा फिर्ता हुनुपर्ने माग राखेका हुन् ।

तस्बिरमा तामाङ घेदुङ लमजुङले सोनाम ल्होसार सम्बन्धी जानकारी गराउँदै । तस्बिर : जनक श्रेष्ठ

नेपाली पात्रोमा ४ गते गलत मितीमा विदा परेकाले आपत्ती जनाउँदै सो विदा फिर्ता हुनुपर्ने तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङले बताए । चरा बर्गको बिदाई गर्दै कुकुर बर्गलाई स्वागत गरी २८५४ औँ सोनाम ल्होसार मनाउँदै छन् तामाङ समुदायले । तामाङ समुदायले आफ्ना परम्परा संस्कृति अनुसार फागुन ४ गते सोनाम ल्होसार मनाउँन लागेको बताइएको छ । सो दिन शेर्पा समुदायको ध्याल्पो ल्होसार समेत परेको छ ।