महासंघको अगुवाइमा अग्नी पीडितका लागि राहत संलकन

राजधानी संवाददाता / डोल्पा

नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाको अगुवाइमा अग्नी पीडितहरुको लागि राहत संकलन गरिने भएको छ ।  गत २६ पुसका दिन जिल्लाको मुड्केचुला गाँउपालिका–९ होर्तमा भएको आगालागीबाट पीडितहरुका लागि राहत संकलन गर्न लागिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले जानकारि दिएको छ ।

यसैगरी महासंघको अगुवाइको बैठकले बिभिन्न ४ वटा निर्णय गरेको छ । आगलागीबाट क्षति ब्यहोरेका परिवार प्रति दुख प्रकट गर्दै तत्काल राहात संकलन गरि पीडितलाइ राहत उपलब्ध गराउने, क्षति भएका घर परिवारलाई पुनःस्थापना गर्नका लागि पहल गर्ने रहेको छ । सो प्रयोजनका लागि सहयोग रासी संकलन गर्न सिटिजन बैङ्क इन्टरनेशल, जिल्ला शाखा डोल्पाको चल्ती हिसाव नं.०४२००००००५२ सिसी उपयोग गर्ने र संकलित रकम रकम एकीकृत रुपमा पीडितहरुलाई उपलब्ध गराइने निर्णय भइको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सबै गैरसरकारी संस्था र जिल्ला दैवी उद्धार समितिलाई पनि तत्काल राहत तथा पुनःस्थापनाको लागि पहल गरी कार्यान्वयनमा लागि दिन अनुरोध गरिएको छ ।

आगलागीबाट घरवार गुमाएका परिवाहरु राहात तथा पुनःस्थापनाको लागि सदरमुकाम दुनैमा आउने भएका छन् । स्थानीय तहबाट तत्काल केही पहल नभएपछि राहत खोज्दै जिल्ला सदरमुकाम आउन लागेको पीडितहरुले जानकारी दिएका छन् ।
आगलागी भएको पाँच दिन बित्दा पनि स्थानीय तहबाट राहतबारे कुनै ठोस निर्णय हुन नसकेको सो ठाउँका वडाध्यक्ष जयप्रसाद बुढाले बताए । उनका अनुसार आफनो तर्फबाट ५ सय किलोग्राम चामलको ब्यबस्था गरेको र स्थानीय तहबाट खाद्यान्नको व्यवस्था हुन लागेको छ ।
मुड्केचुला गाउँपालिका–९ होर्तमा आगलागी हुँदा ९ परिवार घरवारबिहीन भएका छन । सो घटनामा करिब २ करोड ३१ लाख ४४ हजार बरावरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आगलागीबाट मानवीय क्षेति भएको छैन ।
सो आगलागीमा परी पुरातŒिवक महŒवको मष्टाभगवतीको मन्दिर जल्दा त्यसभित्र रहेको बहुमूल्य मूर्तिहरु पनि जलेर नष्ट भएको वडाध्यक्ष बुढाले जानकारी दिएका छन् । सो मन्दिर जल्दा करिब एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी पीडितहरुलाई तत्कालका लागि खान र बस्नको केही व्यवस्था गरिएपनि उनीहरुलाई पुनःस्थापना गर्नुपर्ने चुनौती रहेको नागरिक समाज डोल्पाको तर्क छ । राजनीतिक दलको तर्फबाट आफु हरदम लागिपरेको बतताउँदै समयमै राहात र पुनःस्थापनामा लाग्ने नेकपा एमालेका जिल्ला कमिटी सदस्य लङ्क बहादुर रोकायाले बताए ।