स्वदेशमै रोजगारीको माग गर्दै वृहत ¥याली

काठमाडौं । नेपाली युवाहरुलाई अब विदेशका कम्पनी र बाख्रा फर्ममा नभई स्वदेशमै रोजगारी दिलाउन माग गर्दै हजारौं युवाहरुको सहभागितामा राजधानीको भृकुटीमण्डपबाट राष्ट्रिय झण्डा सहितको विशाल ¥याली निकालिएको छ ।
राष्ट्रिय झण्डा महोत्सव २०७४ तथा राष्टवादी केन्द्र नेपालको शक्ति प्रदर्शनको रुपमा सो ¥याली आयोजना गरिएको हो । ¥याली भृकुटीमण्डपबाट शुरु भई बसन्तपुरमा पुगेर समापन भएको थियो ।
युवाहरुलाई कतार, दुवई, अमेरिका, जापान, कोरियामा हैन, अब नेपालमा योग्यताअनुसारको रोजगारी सिर्जना गर्नुपर्छ भनेर युवाहरुको आवाज सरकारसामु पुरयाउन सो र्याली आयोजना गरिएको युवा अनुप लामिछानेले बताए ।
बन्द भएका उद्योग र कलकारखानालाई पुर्नस्थापित गर्दै युवाहरुलाई रोजगारीको लागि विदेश जानबाट रोक्नुपर्ने, रेमिटयान्स भित्र्याउने नाउँमा सयौंको घरबार उजाडिइसकेको तथ्य सरकारले समयमै बुझ्नुपर्ने जस्ता माग ती युवाहरुको थियो ।