काठमाडौंबाटै पार्किङमा राखिएको माइक्रोबस चोरी

काठमाडौं, ३० पुस । काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माईक्रो बस शनिबार चोरी भएको छ ।

प्रहरीले माईक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङ सहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।