कार्यकक्षबाट घुससहित पक्राउ परे काठमाडौं महानगरका इन्जिनियर

काठमाडौं, ३० पुस । काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत शाखाका इन्जिनियर सुशील चापागाईंलाई अख्तियार टोलीले घुससहित पक्राउ गरेको छ । उनलाई घुसवापतको १० हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनले भवन निर्माण प्रमाणपत्र दिनका लागि घुस मागेको र अख्तियारको टोलीद्वारा कार्यकक्षमै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।