गरिमाको साधारणसभा

काठमाडौ / रास– गरिमा विकास बैंक लिमिटेडको ११ औं बार्षिक साधारण सभा सम्पन्न भयो ।  बैकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न  सभाले शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

सभामा सर्वसाधारण शेयरधनी समुह तर्फबाट सञ्चालक समितिमा रिक्त रहेको २ जना सञ्चालकमा डा.भूपेन्द्र बहादुर खड्का क्षेत्री र   संजीव ढकाल निर्विरोध निर्वाचित भएका छन ।

साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । २ अर्ब २० करोड ४२ लाख ४३ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १५ प्रतिशत बोनश शेयर वितरण पछि चुक्ता पुंजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैया पुगेको छ ।