कञ्चन बैंकको आठौं साधारण सभा

काठमण्डौ / रास– कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको आठौ साधारण सभा सम्पनन भएको छ । बैकका ण्अध्यक्ष शिव सिंह कार्कीज्यूको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत एवम कम्पनि सचिव बिरु राम जैशीले चूक्ता पंूजिको १२ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि शुन्य दशमलव ६४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय भएको बताए । सभाले आ.ब. २०७३÷७४ को बित्तीय विवरण पनि पारित गरेको छ । बैंकले चूक्ता पूँजि ने.रा.बैंकले तोकेकोे मापदण्ड बमोजिम पु–याई आफ्नो कुल चूक्ता पूँजि ५० करोड ६० लाख पु–याएको जनाएको छ ।