ग्रील ब्यवसायी संघको दोश्रो अधिबेशन

काठमाडौ / रास– ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालमा आबद्ध  ग्रील तथा स्टील ब्यवसायी संघ ललितपुर जिल्ला समितीले ललितपुर जिल्लाको पाचौं बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन सम्पन्न गरेको छ । ग्रील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ब्यवसायीलाई सरकारको कानुनी दायरामा आई ब्यवस्थित र मर्यादित भएर ब्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

उक्त अबसरमा फलाम र निमार्ण सामाग्रीमा भएको अनियन्त्रित अस्वभाबिक मुल्य बृद्धिको बिरोध गर्दे मुल्य बृद्धि फिर्ता गराउन र नियमित अनुगमन गर्न उनले सरकारसंग आग्रह गरे ।

कटुवालले आगामी दिनमा ग्रील जन्य कच्चा पदार्थ उत्पादन गर्ने रोलिङ मिल स्थापना गर्न महासघले ब्यवसायीलाई प्रोत्साहन गर्ने बताउदै बार्षिक ४० अर्व भन्दा बडढीको मेटल फेब्रिकेटीङ गरि सेवा प्रदान गर्दै आईरहेको यो क्षेत्र अपत्यारीलो र अनियन्त्रित मुल्य बृद्धीको चपेटामा परेको बताए ।

ग्रील तथा स्टील ब्यवसायी संघ ललितपुर अध्यक्ष सुदन बिष्टको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा बिभिन्न संघ संगठनका प्रतिनिधीहरूले शुभकामना ब्यक्त गरेका थिए । अधिबेशनले पुन सुदन बिष्टको नेतृत्वमा १३  सदस्यीय नया कार्यसिमिती गठन गरेको छ ।

जस्को बरिष्ठ उपाध्यक्ष मंगल कृष्ण श्रेष्ठ उपाध्यक्ष कुमार श्रेष्ठ महासचिव शिवबहादुर सुनुवार सचिव भगत सुबेदी, कोषाध्यक्ष नारायण श्रेष्ठ,सदस्यमा किरणराज श्रेष्ठ,सुभाष तिरुवा,मिश्रीलाल श्रेष्ठ,बिशाल श्रेष्ठ,सुर्य श्रेष्ठ,ध्रुव राउत र पर्शुराम राउतलाई  निवाचित गरेको छ ।