नाट्टा अध्यक्षमा सिएन पाण्डे

राजधानी समाचारदाता / काठमाडौ

ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा सिएन पाण्डे निर्र्वािचत भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत गणना कार्य शनिबार विहान ३ बजे मात्र सकिएको थियो । सोही मत परिणाम अनुसार नाट्टाको अध्यक्षमा निर्वाचित पाण्डेले कुल २ सय १२ मत ल्याइ विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी दिपेन्द्रकुमार घिमिरे (डिके शर्मा) ले २ सय ६ मत प्राप्त गरेका थिए । तिब्र प्रतिस्पर्धाकाबीच नाट्टाको ५१औँ साधारणसभा पछि सम्पन्न भएको निर्वाचनमा पाण्डेले आफ्ना प्रतिस्पर्धी शर्मालाई जम्मा ६ मतले मात्र पराजित गरेका हुन् ।

यसअघि नाट्टामा प्रथम उपाध्यक्षको जिम्मेवारी बहन गरेका पाण्डे सम्राट टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक हुन ।

सो निर्वाचनबाट प्रथम उपाध्यक्ष, महासचिव र सह कोषाध्यक्ष पाण्डेकै समुहबाट निर्वाचिचत भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहित २ सदस्य शर्मा समुहबाट निर्वािचत भएका छन् ।

झिनो मतले शर्मा पराजित भएपछि पुनः मत गणना गर्नुपर्ने माग व्यवसायीले गरेपछि केही समय बिबाद उत्पन्न भई अन्तिम मत परिणाम घोषणा हुन ढिलाई भएको थियो । कुल ४ सय ६७ मतदाता संख्या रहेको नाट्टामा जम्मा ४सय २० मत मात्र खसेको थियो । यस निर्वाचनबाट नाट्टाको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाइँ, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई(केसी ), कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ र सह कोषाध्यक्षमा सुरेन्द्र भट्टराई निर्र्वािचत भएका छन् ।

यसैगरि, अन्य सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेन शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्र्वािचत भएका छन । पचास वर्षअघि स्थापना भएको मुलुकभरका ट्राभल एण्ड टुर व्यवसायीको छाता संगठन नाट्टाको हाल भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा समेत रहेका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनबाट नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को नयाँ नेतृत्व सम्हालेका टुर एण्ड ट्राभल व्यवसायीले मुलुकको पर्यटन प्रवद्र्धनकालागि खेल्ने  विविध भुमिकाहरुबारे गरेको वार्ताको सार संक्षेप