बारामा ज्योति लाईफ इन्सोरेन्स

बारा / रास–बाराको कलैया भरत चौकमा ज्योति लाईफ ईन्सोरेन्सको शाखा विस्तार गरेको छ । कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले उदघाटन गरेका हुन । मानिसको शरिर जसरी प्राण विना अधुरो छ ,त्यस्तै विमा बिना मानिसको शरिरको केहि अर्थ नरहेको सिईओ प्रकाश विक्रम खत्रीले बताए ।

हृदय घात, ब्लड केन्सर, कोमा, शरिरको कुनै अङ्ग प्रत्यारोपण जस्ता ११ किसिमको रोगको लागि रिक्स समेत कभर गर्ने जस्ता योजना कम्पनीले ल्याएको खात्रीले बताए ।

ज्योती लाईफले असोज देखि संचालनमा आएको र अहिलेसम्म देश भरिमा ५० वटा भन्दा बढी शाखा खुलिसकेको खत्रीले बताए ।

कम्पनिको अधिकृत पुँजी ३ सय करोड रहेको छ । ग्राहकलाई झंझट रहित र छरितो सेवा प्रदान गर्ने उदेश्यले बारामा ज्योति लाईफले शाखा खोलेको बारा शाखाका प्रमुख केदार साहले बताए ।