एनआई सी एशियाको म्यूचुअल फण्ड

काठमाडौं / रास–एनआई सी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआई सी एशियाग्रोथ फण्डको २ माघ देखी बिक्री खुल्ला हुने भएको छ ।

औषतमा बैंकले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणको म्यूचुअलफण्ड प्रति आर्कषण बढदै गहिरहेको बैकले जनाएको छ ।

म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभाँश दिने अपेक्षा गरेको एनआई सी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए । म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५ दशमलव ५७ तथा सातौ बर्षमा १६ दशमलवल १३ प्रतिशत दिने लक्ष्य लिएको बिज्ञप्तिमा उल्लेख छ ।