सेल्सवेरीको बिजेता छनोट

काठमाडौं / रास– दशै, तिहार र छठको अबसरमा सेल्सबेरीले संचालनमा ल्याएको ‘हजारमा हुई अफर’ बिजेताको नाम छनोट भएको छ । कम्पनीले शो अबरसरमा हरेक १ हजार  सम्मको खरिदमा ग्राहकलाई एउटा आकर्षक गिफ्ट ह्रयाम्पर र भाग्यशाली एक ग्राहकलाई टिभिएस विगो स्कुटर बम्पर उपहारमा प्रदान गर्ने घोषणा गरेको थियो ।

यो योजना सेल्सबेरीको उपत्यकाका सबै आउटलेट र उपत्यका बाहिर धरानमा रहेको आउटलटेमा समेत उपलब्ध रहेको छ ।  योजनामा १ लाख ५० हजारभन्दा बढि ग्राहकले सहभागिता जनाएका थिए । सबै ठाँउमा संकलन भएको कुपनलाई जम्मागरि लक्की ड्र मार्फत ५ जना भाग्यशाली बिजेताको छनोट भएका छन् । उक्त बिजेताको नाम विभिन्न  आउटलेटमा जनमानस अगाडी लक्की ड्र मार्फत गरेको थियो । बिजेतामा संयम पाठक,संगिता रावत, सिद्धार्थ रिमाल, फराह शाह, बबिता शर्मा रहेका छन ।