जनता बैंकको १४ प्रतिशत बोनस सेयर

काठमाडांै÷रास– जनता बैंक नेपाल लिमिटेडको आठांै वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०७३÷७४ को नाफा बाट चुक्ता पँुजीको १४ दशमलव ४ प्रतिशतले हुने १ अर्ब ७० लाख ९१ हजार ९ सय ३५ बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त बोनस सेयरपछि बैंकको चुक्ता पँुजी ८ अर्ब ७ पुगी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पँुजीको मापदण्ड पूरा भएको छ । गत आवमा साविकका जनता बैंक, त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर बनेको जनता बैंकको मर्जरपछि यो पहिलो वार्षिक साधारण सभा हो ।

सभाले नयाँ सञ्      चालक चयन गरेको छ । त्यस्ता सञ्चालकमा केशवबहादुर रायमाझी, लंकबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, बिनितकुमार अग्रवाल र सञ्जीव न्यौपाने छन् ।

हाल बैंकको १ सय १३ शाखा, २६ शाखारहित बैंकिङ, २ सीमित बैंकिङ इकाए, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटीएम र १ हजार २९ कर्मचारीमार्फत बैंकले ५ लाखभन्दा बढी ग्राहकलाई सेवा पु¥याउँदै आइरहेको विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल ५२ अर्ब १७ करोड निक्षेप र ४८ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।