एनसेल मेला सम्पन्न

काठमाडौं / रास–एनसेल प्रालिले आयोजना गरेको एनसेल मेला २०७४ सम्पन्न भएको छ । शनिबार ललितपुरमा आयोजित मेला सम्पन्न भएको हो । योसँगै एनसेलले आयोजना गर्ने मेला सकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘एनसेल मेला २०७४ मा उत्साहजनक रूपमा सहभागी भई मेलालाई सफल बनाएकोमा सबै ग्राहक तथा शुभचिन्तकप्रति आभारी छौं,’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने । मेलामा आगन्तुकले देशका २१ सहरमा पुगिसकेको एनसेलको फोरजी सेवाको परीक्षण तथा अनुभव लिन यसले थप ऊर्जा दिएको पनि उनले बताए ।