नेपाल–कतार बिजनेस एसोसिएसन गठन

राजधानी समाचारदाता / काठमाडौं

खाडी मुलुक कतारमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरू संगठित भएका छन् । कतारका पुराना व्यवसायी महेन्द्र चौलागाईंको अध्यक्षता २१ सदस्यीय नेपाल कतार विजनेस एसोसिएसन कतार गठन भएको छ ।
कतारमा रहेका व्यवसायीहरूको हक, हित र अधिकारका आवाज उठाउनुका साथै नेपाल र कतारबीच व्यावसायिक वातावरण सिर्जना गर्न यस एसोसिएसन सक्रिय हुने बताइएको छ । कतारमा कन्ट्रक्सन व्यवसाय गरिरहेका झापा जिल्लाका चौलागाईंसहित कतारमा सफल व्यवसायीहरूको समूह एसोसिएसनमा सहभागी भएका छन् ।

एसोसिएसनको उपाध्यक्षमा राजेन्द्रकुमार (आरके) शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समीर मास्के र गोविन्द केसी चुनिएका छन् । आरके शर्मा एनआरएन मध्यपूर्व संयोजकसमेत हुन् भने भाट एनआरएन मध्यपूर्वका पूर्वसंयोजक हुन् । यसैगरी, एसोसिएसनको महासचिवमा सागर नेपाल चुनिएका छन् । नेपाल एनआरएनका पूर्वउपाध्यक्षसमेत हुन् । त्यसैगरी, सचिवमा उमेश अधिकारी र सहसचिवमा रमेश भट्ट छानिएका छन् । एसोसिएसनको कोषाध्यक्षमा चूडामणि कार्की र सहकोषाध्यक्षमा प्रकाश कोइराला चयन भएका छन् । एसोसिएसनको अन्य सदस्यहरूमा नविन सत्याल, डा. नितेश अर्याल, श्याम भुसाल, अब्दुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, विकास प्रसाईं, पूर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल  चुनिएका छन् ।  यस एसोसिएसनको संरक्षकमा डा. देवकाजी डंगोललाई छनोट गरिएको छ भने सल्लाहकारमा बद्री पाण्डे, टीबी कार्की, सरोज पोखरेल, प्रदीप झा र परशुराम दाहाल रहेका छन् । नेपाली दूतावास कतारलाई नवगठित एसोसिएसनका पदाधिकारीहरूको नामावली पठाइसकिएको अध्यक्ष चौलागाईंले
जानकारी गराए ।