मोबाइल बजार मर्यादित बनाउन प्रतिबद्ध छौं

मोबाइल बजार मर्यादित बनाउन प्रतिबद्ध छौं

व्यापारिक क्षेत्रका एक अनुभवी एवं स्थापित व्यक्ति हुन्, दीपक मल्होत्रा । मोबाइल फोन आयातकर्ताहरूको छाता संगठन मोबाइल फोन इम्पोर्टस् एसोसिएसनका अध्यक्ष मल्होत्रा नेपालका लागि सामसङ मोबाइलका आधिकारिक बिक्रेता (आईएमएस)का अध्यक्ष पनि हुन् । यसै सन्दर्भममा उनीसँग नेपाली मोबाइल बजारको विद्यमान अवस्था, चुनौती र अवसरबारे राजधानी दैनिकले गरेको कुराकानीको सम्पादित अंश:

दीपक मल्होत्रा

अध्यक्ष

मोबाइल फोन इम्पोर्टस् एसोसिएसन

नेपाली मोबाइल बजार कस्तो गतिमा छ ?

अहिलेको डिजिटल युगमा मोबाइल फोन सञ्चारको अभिन्न अंगका रूपमा स्थापित भइसकेको छ । यही सन्दर्भमा नेपालमा पनि मोबाइल प्रयोग संख्यात्मक एवं गुणात्मक हिसावले तीव्र रूपमा वृद्धि भइरहेको छ । बढीभन्दा बढी नेपाली उपभोक्ताहरूले हाल ह्यान्डसेटलाई फोटो खिच्न, भिडियो गेम खेल्न, सामाजिक सञ्जालका साइट चलाउन जस्ता अनेक प्रयोजनका लागि आत्मसात गरिरहेका छन् । सञ्चार र मनोरञ्जन मात्र नभएर मोबाइल सेट नेपालमा पनि सामाजिक आर्थिक उन्नतिका लागि एक बलियो औजार सावित हुँदै छ । त्यसैले के भन्न सकिन्छ भने मोबाइल बजार लगातार निरन्तर विकास एवं विस्तार भइरहेको छ ।

नेपालमा मोबाइल बजारको वृद्धिदर कस्तो छ ?

मोबाइल फोनको वृद्धि दरको अवस्था राम्र्रो छ । वार्षिक रूपमा १० देखि १५ प्रतिशतको हारहारीले वृद्धि भइरहेको छ । प्रत्येक महिना बजारमा लगभग ५ लाख संख्यामा विभिन्न ब्रान्डका मोबाइल बजारमा बिक्री वितरण भइरहेको छ । यसैगरी बिक्री भएका सेटमध्ये ४५ प्रतिशत जति वारमेनु क्याटगोरीका फोन छन् भने बाँकी ५५ प्रतिशत अंश स्मार्ट फोन क्याटगोरीले ओगटेको छ । कूल वार्षिक २५ अर्बको कारोबार हुने नेपाली बजारमा सामसङ ब्रान्ड एक्लैले ५० प्र्रतिशत बजार हिस्सा ओगटेको छ । त्यसैगरी, बाँकी ५० प्रतिशत हिस्सा अन्य ब्रान्डहरू जस्तै हुवाई, ओप्पो, जियोनी, लेनेभो इत्यादिले समेटेका छन् । पहिले बजारमा धेरै प्रकारका ह्यान्डसेट उपलव्ध थिए, अहिले आएर केबल ८–१० ब्रान्डले मात्र बजारमा वर्चस्व कायम गरेका छन् । उपभोक्ताले रुचाएका कारणले यी ब्रान्डले आफूलाई बजारमा सबल र प्रभाकारी बनाउन सकेका हुन् ।

भन्सार नतिरीकन अवैध रूपमा आयात गरिएका मोबाइल सेटले सम्पूर्ण मोबाइल बजारलाई नकारात्मक प्रभाव पारिरहेको भनिन्छ । यो सत्य हो ?

अवश्य नै, १० देखि १५ प्रतिशत हिस्सा ओगटेको ग्रे मार्केट नेपाली मोबाइल बजारलाई नकारात्मक प्रभाव पारिरहेको छ । चोरी निकासी गरी भिœयाइएका मोबाइल सेटबारे कुरा गर्दा म केही महŒवपूर्ण कुराहरू प्रस्ट्याउन चाहन्छु । करिब ८, ९ वर्षअघि भन्सार नतिरी आयत गरिएका मोबाइल सेटले ८० प्रतिशतभन्दा वढी बजार हिस्सा ओगटेको थियो । यो अवस्थाले एकातिर सरकारले राजस्वको दृष्टिकोणले ठूलो रकम गुमाइरहेको थियो भने अर्कोतिर आधिकारिक मोबाइल सेट आयातकर्र्ताको व्यापारमा गिरावट आइरहेको थियो ।

यसैगरी, ग्रे मार्केटको कारणले आम उपभोक्ताको सक्कली समान प्रयोग गर्न पाउने अधिकारलाई पनि कुण्ठित गरिरहेको थियो । यी समस्यालाई मध्यनजर गरेर हामी आधिकारिक मोबाइल आयातकर्ताहरूले सरकारसामु मोबाइल सेटमा भन्सार शुल्क शून्य गर्ने माग राख्यांै । र सरकारले पनि हाम्रो मागलाई पूरा गर्दै भन्सार शुल्क शून्य गर्दै आयातकर्ताहरूले तिरेको १३ प्रतिशत मूल्य अभिवृद्धि करको ६० प्रतिशत ६ महिनापछि फिर्ता गर्ने व्यवस्था पनि ग¥यो । यो कदमले ८० प्रतिशत हिस्सा ओगटेको ग्रे मार्केट २० प्रतिशतमा झ¥यो । हाल १० देखि १५ प्रतिशतको हारहारीमा रहेको ग्रे मार्केटलाई शून्यमा झार्नु आवश्यक छ र यसका लागि हाम्रो संगठनले निरन्तर पहल गरिरहेको छ ।

यसमा मोबाइल फोन इम्पोर्टस् एसोसिएसनको भूमिका के रहन्छ ?

मोबाइल सेटको चोरी निकासी पूर्ण रूपमा निरुत्साहित गर्न सरकारले ह्वाइट लिस्ट लागू गर्न नितान्त आवश्यक छ । यो लागू भएपछि नेपालमा आधिकारिक तवरबाट आयातित हुने सम्पूर्ण मोबाइल सेटको आईएमईआई नम्बर नेपाल दूर सञ्चार प्राधिकरणले संग्रह गरी उक्त नम्बरलाई दूर सञ्चार प्रदायक संस्थाहरूलाई हस्तान्तरण गर्न सकिन्छ । यसपछि यस्ता संस्थाले प्राप्त गरेको आईएमईआई नम्बर आफ्नो प्रणालीमा इन्ट्री गरी उक्त नम्बरसँग मेल खाने मोबाइल सेटहरूलाई मात्र एक्टिभेट गर्न सक्ने प्राविधिक व्यवस्था मिलाउन सक्छ । यसो भएको खण्डमा अवैध तरिकाले भिœयाइएका ह्यान्डसेन्ट प्रयोग गर्न सकिँदैन र ग्रे मार्केट क्रमिक रूपमा शून्यमा झर्न सक्छ । ग्रे मार्केटमा उपलब्ध मोबाइल फोनमा कम गुणस्तरयुक्त ब्याट्री, एडप्टर जस्ता सामान प्रयोग हुने हुँदा ह्वाइट लिस्ट लागू भएपछि उपभोक्ताहरूको हितसमेत संरक्षण हुन सक्छ ।

मोबाइल फोन इम्पोर्टस् एसोसिएसनले अन्य कस्ता रणनीति अपनाउँदै छ ?

नेपाली ह्यान्डसेट बजार व्यवस्थित एवं मर्यादित बनाउन हाम्रो संगठन पूर्ण रूपमा प्रतिबद्ध छ । हाम्रो अर्को रणनीति भनेको बजारमा गुणस्तरको नयाँ बेन्चमार्क स्थापित गर्नु हो । यसका लागि हामी एक अभियान नै थालनी गर्ने योजना बनाउँदै छौं । यस अभियानअन्तर्गत आधिकारिक आयातकर्ताद्वारा भिœयाइएका मोबाइल सेटमा मोबाइल फोन इम्पोटर एसोसिएसन र नेपाल दूर सञ्चार प्राधिकरणको सयुक्त लोगो अंकित स्टिकर टासिनेछ । यस्तो स्टिकर एसोसिएसनसँग आबद्ध भएका एवं नभएका दुवै प्रकारका आयातकर्ताले ल्याएको ह्यान्डसेटमा टासिने व्यवस्था मिलाइनेछ । स्टिकर टाँस्ने प्रावधानले बजारमा पाइने हरेक मोबाइल सेटको गुणस्तर निरूपण गर्ने हुँदा यसले आम उपभोक्ताहरूमा सचेतना जगाई नेपाली मोबाइल बजारलाई मर्यादित बनाउन ठूलो भूमिका खेल्न सक्छ ।

अर्को तर्फ यस संगठनले बजारमा व्याप्त अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न एमओपीको व्यवस्था गर्ने गृहकार्य गर्दै छ । यो व्यवस्था लागू भएपछि खुद्रा बिक्रेताहरूले मनोमानी मूल्य राखी मोबाइल फोन बिक्री गर्न पाउनेछैनन् । यदि यसो भएमा मोबाइलको मूल्यमा एकरूपता आई यसले सिंगो ह्यान्डसेट बजारलाई नै व्यवस्थित गर्न सक्छ ।