ब्रेन बाइट्स ब्रह्माण्डीय ब्रेन

ब्रेन बाइट्स ब्रह्माण्डीय ब्रेन

ओम बानियाँ

ब्रेन (मस्तिष्क) मानव शरीरको सबैभन्दा महŒवपूर्ण अंग हो । ब्रेनद्वारा नै शरीरका हरेक अंगको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ । मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही ब्रेन नै हो । ब्रेन मेमोरी बैंक पनि हो । मेमोरीलगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य सञ्चालक पनि यही ब्रेन हो । वास्तवमा बे्रन बोडीको बोस हो । त्यसैले मानव जीवनमा ब्रेनको ठूलो महŒव छ । ब्रेनको यही महŒवका कारण नै प्राचीन कालदेखि नै ब्रेनको शोधखोज तथा जा“चपडतालप्रति वैज्ञानिकहरूको ठूलो दिलचस्पी रह“दै आएको छ । समयसँगै ब्रेनको शोधखोज तथा जा“चपडतालको प्रक्रिया र स्वरूप पनि परिर्वतन हुँदै गयो ।
आधुनिक कालको सुरुतिर ब्रेनको जा“चपडतालका लागि नापतौलको प्रक्रिया थालनी भयो । त्यसबेला ब्रेनको होइन कि पूरा खोपडीकै नापतौल गरिन्थ्यो । ब्रेनको जा“चपडतालको यो तरिका लामो समयसम्म चलिरह्यो । तर १९औं शताब्दीमा आएर यस्तो निरन्तरताको क्रमभंग भयो ।
फ्रान्सेली वैज्ञानिक पाल ब्रोकाले खोपडीको ठाउँमा गिदी अर्थात् ब्रेनको नापतौल शुभारम्भ गरे । प्रमुख हस्तीहरूको मृत्यु हुनेबित्तिकै ब्रोका त्यहाँ पुगेर ब्रेनको तौल लिने गर्थे । ब्रोकाको दाबी थियो कि जसको ब्रेनको तौल बढी हुन्छ, त्यही व्यक्ति नै बढी बुद्धिमान् हुन्छ ।
अध्ययनको क्रममा उनले २ किलो ग्रामको ब्रेन फेला पारे । तर, महान् गणितज्ञ गौसको ब्रेनको तौल केवल १४ सय ९२ ग्राम अर्थात् ब्रेनको औसत तौलभन्दा पनि कम देखियो । त्यसैले प्रश्न उठ्यो, बुद्धिमान् मानिसको ब्रेनको तौल बढी हुने भए गौस जस्ता बुद्धिमान् वैज्ञानिकको ब्रेनको वजन यति थोरै
किन भयो ?

स्वयं पाल ब्रोकाको ब्रेनसमेत १४ सय २८ ग्राम देखियो भने यस युगकै महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको ब्रेनको तौलसमेत लगभग त्यति नै थियो । त्यसैले ब्रेनको वजन बढी भएका मानिस बढी बुद्धिमान् हुन्छन् भन्ने ब्रोकालगायत वैज्ञानिकहरूको तर्क गलत सावित भयो ।
ब्रोकाको तर्क गलत सावित भएपछि ब्रेनको जा“चपडताल गर्ने एक अर्को नयाँ विधि सुरु भयो । स्नायुवैज्ञानिकहरू ब्रेनको क्षेत्रफल र बनोटमा केन्द्रित भए । जा“चपडतालसँगै ब्रेनको बाहिरी सतह (कोर्टेक्स) जति बढी उबडखाबड हुन्छ, त्यत्ति नै मानिस बुद्धिमान् हुन्छ भन्ने तर्क बाहिर आयो । वैज्ञानिक गौसको ब्रेन जाँचपडताल गर्दा उनको ब्रेन पनि अत्यन्तै बढी उबडखाबड देखियो । यसले यस तर्कलाई थप बल दियो ।
सन् १९५५ मा विश्वलाई एउटा अपूर्णीय क्षति भयो, महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको देहान्त भयो । देहान्तपछि परम्पराअनुसार उनको मृत्युसंस्कार सम्पन्न भयो । तर, अचम्म लाग्दो कुरा के भयो भने सन् १९६० मा साइन्स पत्रिकामा आइन्सटाइनको ब्रेनको तस्बिर छापियो । आइन्सटाइनको ब्रेन साइन्स पत्रिकामा छापिनेबित्तिकै विज्ञान जगत्मा एउटा तरंग फैलियो, हलचल मच्चियो ।
अनुसन्धानपछि थाहा भयो, आइन्सटाइनको सतिगति गर्दा खोपडी त थियो तर त्यसभित्र गिदी (ब्रेन) थिएन । पोस्टमार्टमको बेलामा नै आइन्सटाइनको ब्रेन गायब पारिएको थियो, चोरिएको थियो । त्यो चोर थिए, थोमस हार्वे ।
थोमस हार्वे को थिए ? थोमस हार्वे प्रिन्सटोन अस्पतालका एक कहलिएका प्याथोलोजिस्ट थिए । आइन्सटाइनको मृत्युको समयमा उनी त्यही काम गर्थे । आइन्सटाइनको पोस्टमार्टममा समेत उनी संलग्न थिए । त्यसै बखतमा नै उनले बढो चलाखीपूर्ण तरिकाले आइन्सटाइनको ब्रेन गायब
बनाएका थिए ।

सन् १९८० मा क्यालिफोर्निया विश्वविद्यालयकी प्रसिद्ध न्युरोएनाटोमिस्ट प्रो. डा. म्यारियन सी डायमन्डले गायब भएको आइन्सटाइनको ब्रेन खोजेर त्यसको वैज्ञानिक अध्ययन गर्ने निधो गरिन् र विभिन्न माध्यम अपनाई थोमस हार्वेबाट आइन्सटाइनको ब्रेन प्राप्त गर्न सफल भइन् र आइन्सटाइनको मृत्यु भएको २५ वर्षपछि उनले आइन्सटाइनको ब्रेनलाई संरक्षण गरेर राखेका अन्य ११ जना मानिसको ब्रेनसँग तुलनात्मक अध्ययन गरिन् ।
अध्ययनबाट उनले आइन्सटाइनको ब्रेनमा ग्लियल सेल्स बढी भएको पाइन् । प्रो. डा. मेरियन सी डायमन्डको यो खोजपछि ग्लिया(न्युरोग्लिया) सेलप्रति स्नायुवैज्ञानिकहरूको ध्यान आकृष्ट भयो । साथमा एउटा प्रश्न पनि खडा भयो, के ग्लिया(न्युरोग्लिया) सेलहरू बढी भएका कारण नै अल्बर्ट आइन्सटाइन यति बुद्धिमान् भएका थिए ?
तर, मैकमास्टर विश्वविद्यालयका प्रोफेसर सेन्ड्रा वाइटेल्सनले गरेको अर्को अध्ययनबाट दुईवटा अनौठो तथ्य सामुन्ने आए । एक थियो, आइन्सटाइनको ब्रेनको पछिल्लो भागको माथिल्लो हिस्सा (पेराटाइल लोब) सामान्यभन्दा धेरै विकसित थियो । एक मतका अनुसार ब्रेनको यो भागले गणितीय कार्यहरू सम्पन्न गर्छ । त्यसैले आइन्सटाइनले सारा गणितीय हिसाबकिताब यही पेराटाइल लोबको बलमा गरेका थिए भन्ने कतिपय वैज्ञानिकहरूको दाबी छ ।
यसैगरी, आइन्सटाइनको ब्रेनको अर्को विशेषता थियो, सामान्यता टेम्पोरल लोबको बीचमा एउटा नली हुन्छ, जसले टेम्पोरल लोब र पेराटाइल लोबलाई अगल गर्दछ, तर त्यो नली आइन्सटाइनको ब्रेनमा थिएन । त्यसैले यो पनि अनुमान गरियो कि यस्तो नलीको अभावमा टेम्पोरल लोब र पेराटाइल लोबका बीचमा बढी संवाद हुने गर्दथ्यो होला र आइन्सटाइन बढी बुद्धिमान भएका थिए होला ?

डेढ किलोको ब्रह्माण्ड

प्राचीन वैदिक वैज्ञानिक (ऋषिमुनि)हरूले ब्रेनबारे धेरै नै शोधखोज गरेका थिए । उनीहरूले मस्तिष्क शक्ति बढाउने अनेकौं टेक्निक पनि विकास गरेका थिए । ब्रह्माण्ड जति रहस्यमय छ, त्यत्ति नै मानव ब्रेन रहस्यमय भएको कुरा समेत उनीहरूले उल्लेख गरेका थिए । यो तथ्यप्रति अहिलेका नामी भौतिक शास्त्रीहरू पनि सहमत छन् । डा. दीपक चोपडा यसै तथ्यलाई प्रकाश पार्दै भन्छन्, ‘बे्रन र ब्रह्माण्डमा निकै समानता छ । ब्रह्माण्डमा जे छ, ब्रेनमा पनि त्यही छ । वास्तवमा मानिसको ब्रेन एक ब्रह्माण्ड हो ।’ लेखिका जुडिथ हुपरले आफ्नो प्रसिद्ध किताब द थ्री पाउन्ड युनिभर्समा लेखेकी छिन्, ब्रेनबिना संसारमा केही छैन, न त क्वार्क छ, न त ब्लाक होल छ, न त प्रेम छ, न त घृणा छ । ब्रह्माण्डको अस्तित्व यसकारण छ कि यो हाम्रो बे्रनमा अवस्थित छ । अर्थात् ब्रेन भएर नै ब्रह्माण्डको अस्तित्व छ । ब्रेन हाम्रा लागि तीन पाउन्डको ब्रह्माण्ड हो ।

आइन्सटाइनको मृत्यु भएको २५ वर्षपछि २ सय टुक्रा पारेर सुरक्षितसँग राखिएको आइन्सटाइनकोे ब्रेनको जा“चपडतालको अर्को अध्याय पनि सकियो । आइन्सटाइनको बुद्धि र ब्रेन क्षमताको तथाकथित सम्भावित कारणहरू पनि इंगित गरियो । तर, अधिकांश स्नायुवैज्ञानिकहरू यस्ता तथ्यप्रति पूर्ण सहमत हुन सकेनन् । त्यो किनभने आइन्सटाइन भनेको १४–१५ सय ग्रामका एक निर्जीव ब्रेन मात्र थिएनन्, वस्तुतः आइन्सटाइनको ब्रेन त उनको पूरा अस्तित्व (ब्रह्माण्ड) को एक हिस्सा थियो र त्यो ब्रेनले पूरा तालमेलका साथ कार्य गथ्र्याे ।
वास्तवमा कुनै पनि मानिसको ब्रेन केवल एक शरीरिक अंग मात्र होइन, पूरा ब्रह्माण्डीय परिवेशको हिस्सा हो । र यसको कार्य प्रणाली पूरा परिवेशसँग अन्तर्सम्बन्धित हुन्छ । शरीरको हरेक क्रिया, स्मृति, विचार, चेतना आदिको आफ्नै महŒव छ । वास्तवमा यसैको आधारमा नै बुद्धिमत्ताको पहिचान हुन्छ ।
बुद्धि तथा स्मरण शक्ति भन्ने कुरा ब्रेनको कुनै एक भागको बपौती होइन कि यो त सामाजिक परिवेश एवं व्यक्तिको अनुभवको प्रतिफल हो । त्यसैले बुद्धिलाई पेराटाइल लोब तथा बढी ग्लियल सेल्सको पर्याय मान्नु सर्वथा गलत हो ।
वास्तवमा हरेक मानिस आफ्नो ठाउँमा महान् छन्, विशेष छन् । एक से एक प्रतिभावान् छन् । त्यो किनभने हरेक सामान्य मानिसको ब्रेन  बह्माण्डीय छ । मानिसको ब्रेनमा असीमित शक्ति र सामथ्र्य छ ।मानव जीवनमा कुनै कुरा ठूलो हो भने आफ्नो प्रतिभा पहिचान गर्न सक्नु ठूलो कुरा हो । त्यसैले जो जसले आफ्नो प्रतिभा पहिचान गरेर मेहनतसाथ अगडि बढ्छन्, उनीहरूले नै जीवनमा महान् कार्य गर्छन् र अमर बन्छन् । महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन यसैको एक सशक्त उदाहरण हुन् । भनिन्छ, ज्ञान आर्जन गर्न सकिन्छ, ज्ञानबाट बुद्धि विकास गर्न सकिन्छ । ज्ञान र बुद्धिको सामञ्जस्यद्वारा नै प्राप्त हुन्छ, सफलता ।

(लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)