जगजित सिंहसँग कसरी भेट भयो आलोकश्रीको ?

जगजित सिंहसँग कसरी भेट भयो आलोकश्रीको ?

ध्रुव लम्साल

अनिल कोकरी नाम गरेका रेकर्डिस्टसँग आलोकश्रीको सम्बन्ध राम्रो थियो । केही समय आलोकश्रीको गुञ्जन रेकर्डिङ स्टुडियोमा कोकरीले काम गरेकाले आलोकश्री र कोकरीको कुराकानी भइरहन्थ्यो बेलाबेलामा । नेपाली संगीत क्षेत्रमा एकछत्र राज गरेको समय थियो आलोकश्रीले । दर्जनांै हिट गीत सिर्जना गरेका आलोकश्रीले सोचे– विश्वका प्रसिद्ध गायकलाई गाउन लगाउनपाए  गज्जब हुन्थ्यो ।
आधुनिक गायनमा विश्वमै तहल्का मच्याएका जगजित सिंहलाई आफ्नै संगीतमा स्वर भर्न लगाउने योजना बनाए मनमनै । कोकरी मुम्बइमै थिए । फोन गरेर सोधे, ‘जगजित सिंहसँग भेट्न कत्तिको गा¥हो होला ?’ प्रश्नको जवाफ दिँदै कोकरीले भने, ‘म मिलाइहाल्छु नि । आउनुस् मुम्बई ।’
कोकरीसँग कुरा भएपछि सिधै म्युजिक ट्र्याक बोकेर मुम्बई हान्निए । मुम्बई पुगेपछि मात्रै थाह भयो, जगजित सिंहसँग कोकरीको प्रत्यक्ष चिनजान रहेनछ । जगजित सिंहको निजी रिदमिस्टलाई भने चिन्दा रहेछन् कोकरीले । निजी रिदमिस्टसँग कुराकानी भयो आलोकश्रीको । राम्रै व्यवहार गरे । रिदमिस्टले पहिलो भेटमै जगजित सिंहलाई भेटाइदिने वाचा गरे तर ढुक्क हुने अवस्थाचाहिँ थिएन । त्यसपछि रिदमिस्टले बोलाएको ठाउँमा जानुबाहेकको विकल्प थिएन । रिदमिस्टले जहाँ बोलाउँथे, त्यही पुग्थे आलोकश्री ।

स्टुडियोमा सबै रेडी थियो । जगजित सिंह आएपछि चिया मगाएर चिया खाए, एकछिन आराम गरे । गाउनुअघि उनलेभने– यो गीत किन गाउ“दै छु, मलाई थाहा छैन तर गाउ“छु

आलोक पनि सँगै थिए । तिनै रिदमिस्टले एकदिन स्टुडियोमा जगजित सिंहलाई भने, ‘नेपालसे एक लड्का आया हे, बहुत सुन्दर मेलोडी लिया है मैने सुनलिया । आप भी सुन्लिजे ।’ जगजित सिंहलाई सुनिदिन आग्रह गरे । तर, जगजित सिंहले वास्तै गरेनन् । आलोकश्रीलाई लाग्यो, जगजित सिंहलाई गाउन लगाउने सपना तुहियो । अब सम्भव छैन ।
‘त्यति कुरा सुनाउन पनि हामीले धेरै दिन खर्चिसकेका थियौं,’ आलोकश्रीले भने । नपत्याउने खोलाले बगाउँछ भनेझैं रिदमिस्टको कुरा सुनेर जगजित सिंहले भेट दिने भए । भेटको सन्देश तिनै रिदमिस्टले सुनाएका थिए । टोलीमा थिए आलोकश्री, अमोल कार्की ढली र जेबी संयोगी । सिंहलाई प्रभाव त पार्नै प¥यो । तत्काल केही सोच्न सकेनन्, १२ सय आइसी खर्च गरेर गुलाबको बुके किने गज्जबको । तीन जनाबीच सल्लाह भयो, भेट्नेबित्तिकै खुट्टा समाएर ढोगौं ।
उनीहरू स्टुडियोमा पुगे र सल्लाहअनुरूप खुट्टा समाए । डमी सुन्ने कुरै गरेनन्, सिधै भने,
‘एक काम करो, उदित आपका गाउँका आदमी हे, ओ बहुत अच्छा गाता है उसैको गआओ ।’ आलोक जिल्ल परे । केही बोल्नै सकेनन् । एक छिनपछि जगजित सिंहले भने, ‘गाना सुनाओ ।’ अलिकति आशावादी भए । ट्र्याक सुनेपछि सिंहले भने, ‘जो ट्र्याकमा गहा रहे उसीको गवाओ । बहुत अच्छा स्वर हे ।’ आलोकको ओठतालु सुक्यो । किनकि, उनले जगजित सिंहलाई सुनाउन डमी राम्रो होस् भनेर विशेष आग्रहसाथ रामकृष्ण ढकाललाई गाउन लगाएका थिए । आलोकलाई लाग्यो, ‘बेकारमा रामकृष्णलाई गाउन लगाएछु ।’ एकछिन जगजित सिंह घोरिए । आलोकलाई हेरिरहे । उनको अनुहारबाट आँसु झर्न मात्रै बाँकी थियो । ओठतालु सुकिसकेको थियो । रुन्चे अनुहार बनाएर बसेका थिए । फेरि आदेश दिए, ‘फिर सुनाओ ।’

दोस्रोपटक कुन माया सदर भो…र दिल चोरेर बदनाम… सुने । त्यसपछि उनले भने, ‘ठीक है मै दो गाना गाउगाँ ।’ पैसाको कुरै भएन । उनले गाउने भएपछि आलोकश्री स्टोडियोको खोजीमा जुटे । मुम्बईकै पुरानो स्टुडियो, जुन स्टुडियो जगजित सिंहको घरबाटै नजिकै पथ्र्यो र जगजित सिंहका धेरै गीत त्यही रेकर्डिङ हुन्थ्यो । जगजित सिंह मार्गकै छेउमा । त्यही रेकर्डिङको चाँजोपाँजो मिलाए ।
स्टुडियोमा सबै रेडी थियो । जगजित सिंह आएपछि चिया मगाए र चिया खाए र एकछिन आराम गरे । गाउनुअघि भने, ‘यो गीत किन गाउँदै छु, मलाई थाहा छैन तर गाउँछु ।’

रिदमिस्टको छोरीको बिहे आउँदै रहेछ । रिदमिस्टले हाम्रै अगाडि भने, ‘साप मेरे बेटीका विवाह आरहा है, आपने गाइदे तो हमको थोडा कमिसन मिलरहा है ।’ रिदमिस्टको कुरा सुनेपछि उनी अलि बढी प्रभावित भए र आलोकश्रीलाई भने, ‘ठीक है पारिश्रमिक उसको देदो ।’
दुई गीत गाउँछु भनेका सिंहले लगातार चारवटा गीत एकै दिन गाए । भोलिपल्ट आलोकश्रीलाई लाइभ कम्पोजिसन गर्न लगाए । सबै गरे । अन्तिममा आलोकले भने, ‘सर आपके पास एक फोटो लिना है ।’ सिंहले भने, ‘आज दाह्री काटेको छैन, भोली खिचौंला ।’
भोलिपल्ट उनकै समयअनुसार स्टुडियोमै भेट भयो । फोटो खिच्ने काम सकियो । सिंहले सोधे, ‘कुन ठाउँबाट आएको ? कसरी बसेका छौ ?’ आलोकश्रीलाई अर्को कोठामा बोलाएर ५० हजार आईसी झिकेर दिए । आलोक फेरि जिल्ल परे ।
काठमाडौमा ‘संयोग’ शीर्षकमा एल्बम निस्कियो । आलोकश्रीले पार्सल गरेर सिंहलाई एल्बम पठाए । सिंहले थ्यांक्यु बेटा भनेर म्यासेज पठाए । त्यसो त जगजित सिंहको जीवनमै संयोग एल्बम अन्तिम बन्यो । संयोगमा गाएको केही समयपछि सिंहको ओपन हर्ट सर्जरी भयो, त्यसको केही समयपछि ब्रेन ह्याम्ब्रेज भयो । आलोकश्री भन्छन्, ‘भारतीय संगीत इतिहासमा संयोग एल्बम नै जगजित सिंहको अन्तिम एल्बम बन्यो ।’