मल्पी फाइनलमा

काठमाडौं  / रास– डिफेन्डिङ च्याम्पियन मल्पी र ब्रिटिस मोडेल सातौं एस अन्तर ए लेभल कलेजस्तरीय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद््को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा मल्पीले रातो बंगलालाई ५७–२७ को फराकिलो अन्तरले पराजित ग¥यो । मल्पीको जितमा प्रसंगध्वज मास्केले सर्वाधिक ४० अंक योगदान गरे । ब्रिटिसले आयोजक एसलाई ५१–४८ ले हरायो । ब्रिटिसका जोएल घलेले २० अंक जोडे ।