ज्ञान निकेतनको जित

काठमाडौं / रास– ज्ञान निकेतनले दोस्रो भानुभक्त विन्टर कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार जित हात पारेको छ । ज्ञान निकेतनले बेबिलनलाई ३५–११ ले पराजित ग¥यो । ब्वाइजकै समूह चरणको अन्य खेलमा टीआईएले ओडीसी इन्टरनेसनल एकेडेमीलाई ३७–२०, विल्सनले काठमाडौं जेभियरलाई ५५–३४ र महामञ्जुश्रीले सेबलाई २९–२७ ले हराए । गल्र्समा सिद्धार्थ बनस्थलीले स्किब्सलाई २३–१७, महामञ्जुश्रीले पाठशालालाई १३–२, कान्तिपुर इंग्लिस एकेडेमीले विल्सनलाई १०–४ र स्वप्नवाटिकाले ग्रिनल्यान्डलाई १२–१० ले पन्छाए ।