प्रनिलले ल्याए फेवातालैमा…

काठमाडौं / रास– गायक प्रनिल तामाङले नयाँ गीत ‘फेवातालैमा…’ लाई बजारमा ल्याएका छन् । उनको यो लोकपप शैलीको गीत हो । यो गीतको शब्द र संगीत पनि प्रनिलले नै तयार पारेका हुन् । गीतमा संगीत संयोजन आशिष सुनुवारको छ । गीतसँगै उनले यसको भिडियो पनि सार्वजनिक गरेका छन् ।

पोखराको फेवाताल र साराङ्कोटमा खिचिएको भिडियोमा मोडल रश्मी तामाङसँग प्रनिल र रोज गुरुङले अभिनय गरेका छन् । भिडियोमा यी दुईको रोमान्स देख्न पाइन्छ । भिडियोको छायांकनमा सुरेश श्रेष्ठ, सम्पादनमा सुजन शाही छन् । भिडियोलाई रवीन थापाले निर्देशन गरेका हुन् ।