‘दुख्दिन म’मा आयुष र अनु

काठमाडौं / रास– युवा गायक रुद्रशेखर शर्माले नयाँ गीत दुख्दिन म…को भिडियो दर्शकमाझ ल्याएका छन् । विपीन किरणको शब्द, नारायण सुवेदी आभासको संगीत रहेको यो गीतलाई उनले हालै विमोचित गरेको एल्बम ‘रूपम’मा समावेश गरेका छन् ।

यो गीतको भिडियोलाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । भिडियोलाई सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेता आयुष रिजाल तथा अभिनेत्री अनु शाहले रोमान्स गरेका छन् ।