प्रदेश सासंदलाई सम्मान

दैलेख / रा.स

प्रदेश सभामा निर्वाचीत प्रदेश सांसदलाई सम्मान गरिएको छ । नारायण क्याम्पस दैलेखले दैलेख बाट निर्वाचित ४ जना प्रदेश सासंद र नारायण नगरपालीका दैलेख मेयर र उप मेयर लाई सम्मान गरेको हो । नारायण क्याम्पस संचालक समितिका सदस्य तथा क्याम्पसमा अध्ययापन गरी सासंदमा निर्वाचित भएकाहरुलाई सम्मान गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष टेक बहादुर खाणले बताए ।
दैलेख निर्वाचन क्षेत्र नः १ प्रदेश (क)का सांसद धर्मराज रेग्मी , (ख)का सासंद अम्मर बहादुर थापा, निर्वाचनज क्षेत्र नः २ प्रदेश (क)का सासंद शुशिल थापा र प्रदेश ख का सांसद राजब हादुर शाही र नारायण नगरपालीका दैलेखका मेयर रत्न बहादुर खड्का र उप मेयर साबित्री मल्ल लाई सम्मान गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नः १ प्रदेश (क)का सांसद धर्मराज रेग्मीले उक्त क्यापस बाट स्नातक उर्तिण गरेका थिए । भने अन्यलाई क्यापस संचालनमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको क्यापस प्रमुख दिपेन्द्र थापाले बताए । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

तालाबन्दी खोल्न बार्ता समिती गठन

दैलेख  / रा.स

नारायण क्याम्पस दैलेखमा लागेको तालाबन्दी खोल्नका लागी बर्ता समिति गठन गरिएको छ । नारायण क्याम्पस प्रमुख र स्वबियुका सभापती र प्रदेश सासंद बसी बर्ता मार्फत समस्या समधान गर्नका लागी बर्ता समिति गठन गरिएको हो । बर्ता समितिको संयोजकमा क्यापस संचालक समितिका अध्यक्ष रहेको ५सदस्यीय समिति गठन गरिएको छ । बर्ता समिति लाई एक हप्ताको समय दिएको छ । समितिमा क्याम्पस संचालक समितिका सदस्य खड्क बहादुर सीजापती,तेज बहादुर चन्द ,पुर्ण बहादुर शाही , क्याम्पस प्रमुख दिपेन्द्र थापा, स्वबियु सभापती रेखा थापा रहेको समिति निर्माण गरिएको हो ।
बढेको शुल्क घटाउनुपर्ने,क्याम्पस तथा साहयक क्याम्पस प्रमुखको दोहोर पेशाका कारणले क्याम्पसलाई प्रयाप्त समय दिएको र पठन पाठन नहुने समस्याको समधान खोजीनु पर्ने, पुस्तकालयमा आवश्यक पुस्कत निश्चित मापदण्डमा दिनु पर्ने,२०६८ साल देखी बिद्यार्थी बाट उठेको रकम स्वबियुले पाउनु पर्ने रकम खातामा जम्मा गनुपर्ने ,जम्मा बिद्यार्थीको उठेको शुल्कको बार्षिक १५ प्रतिशत छात्रबृत्रीको ब्यबस्था गर्नु पर्ने,विषय बिशषेज्ञ प्रध्यापकको ब्यबस्था गरिनु पर्ने र क्याम्पसको आय ब्यय सार्वजनीक गरिनु पर्ने लगायतका १० बुदे मागहरु राख्दै नारायण क्याम्पस स्वबियुले तालाबन्दी गरेको थियो ।