ज्येष्ठ नागरिकलाई न्यानो कपडा

जनक श्रेष्ठ / राजधानी
लमजुङ, १७ माघ

बेसीशहर नगरपालिकाका ७ का ज्येष्ठ नागरिकलार्ई सम्मान सहित न्यानो कपडा वितरण गरिएको छ । ७ नम्बर वडाले जाडोमा सहजहोस् भन्दै वडाभित्रका ३१ जना ८० बर्ष पुगेका ज्येष्ठ नागरिकलाइै फाईबरको सिरक वितरण गरिएको हो ।
बेसीशहर नगरपालिका ७ नम्बर वडाले बुधबार एक कार्यक्रम गरी टिका लगाउँदै एक ÷एक वटा फाईबरको ओड्ने सिरक दिदैँ सम्मान गरिएको हो । ज्येष्ठ नागरिकहरु आफ्नो परिवारको सदस्य सहित सो कार्यक्रममा आएर सम्मानित हुदैँ न्यानो कपडा लिएका हुन् ।

९७ बर्षीय गोरे भन्ने प्रेम बहादुर खत्री, ९२ बर्षीय काली बस्नेत, ९० जुठ बहादुर घिमिरे, ८७ बर्षीय खुस बहादुर थापा, ८९ बर्षीय अन्नपुर्ण खत्री, ८५ बर्षीय जीत बहादुर थापा, ८४बर्षीय धनी थापा, ८२ बर्षीय मिठी खत्री घिमिरे, ८० बर्षीय बलहादुर घिमिरे, ८१ बर्षीय मनमायाँ कुंवर थापा, ८४ बर्षीय मनमायाँ बस्नेत, ८२ बर्षीय नन्दकुमारी थापा, ९२ बर्षीय गौरा देवी पौडेल, ८१ बर्षीय लिलिजुङ गुरुङ, , ८३ बर्षीय सेती थापा, ८३ बर्षीय लेख बहादुर बस्नेत ८८ बर्षीय तिलक बहादुर पौडेल,८७ बर्षीय कुशकुमारी बस्नेत , ८३ बर्षीय गोविन्द बहादुर रावल, ८० बर्षीय बुदकुमारी घिमिर,े ८३ बर्षीय दिल्ली सुनारनी, ८२ बर्षीय कृष्ण बहादुर रावल, ८२ बर्षीय दिल्ली घिमिरे, ८१ बर्षीय मनकुमारी गुरुङ, ८० बर्षीय सुकमायाँ कामी, ९३ बर्षीय श्रीमान अधिकारी, ८७ बर्षीय कुश कुमारी बस्नेत,८० बर्षीय विष्णु मायाँ घिमिरे, ९० बर्षीय सरस्वती अधिकारी, ८० बर्षीय कृष्ण बस्नेत, र ८० बर्षीय देवुमायाँ सार्की गरी ३१ जना ज्येष्ठ नागरिकलाई कपडा वितरण गरिएको सो वडाका वडा अध्यक्ष गोविन्द बस्नेतले बताए ।

उनीहरुलाई बेंशीसहर नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारीले सिरक हस्तान्तरण गरिन् । कार्यक्रमलाई सम्बोदन गर्दै उपप्रमुख अधिकारीले नेपालको संविधानमा पनि जेष्ठनागरिकको अधिकारको बारेमा उल्लेख गरेको भन्दै सम्मान गर्न आवश्यक रहेको बताईत् । उनले ७० बर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिने गरेको भन्दै त्यसका साथ साथै उनीहरुको लागि थप कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिईन् । साथै ज्येष्ठ नागरिकको योगदानले देशको विकास गर्न सकेको भन्दै जेष्ठ नागरिकको प्रसंसा गरिन् । ज्येष्ठ नागरिकहरु सम्मानित हुदा खुसी देखिन्थे ।