सोमतीर्थ र सुपा देउराली–१०

सोमतीर्थ र सुपा देउराली–१०

प्रा.डा. विष्णुराज आत्रेय

‘गुरुआमा ? जाऊँ अब ।’
ताराले केही पनि उत्तर दिइनन् । वृहस्पतिले ताराको पेटमा रहेको शिशु, अमरावती उत्सवको दिन राति भएको सम्पर्कका आधारमा मेरो हो भन्ने ठाने । सोमलाई पनि त्योे गर्भस्थ शिशु मेरो हो भन्ने विश्वास थियो । यसको निक्र्योल नगरी तारालाई वृहस्पतिले लान सक्दैनथे ।सँगै आएका देवताले तारासँग सोधे, ‘तपाईंका पेटमा रहेको गर्भ कसको हो ?’ताराले केही उत्तर दिइनन् ।
तिनीहरूले उनलाई दोहो¥याई तेहो¥याई यही प्रश्न गरे । तैपनि, ताराबाट यसको कुनै उत्तर आएन । कुराका प्रसंगमा गर्भस्थ शिशुमाथि देवगुरु र सोम दुवैले दाबी गरे पनि ताराले यसरी मौन बसिदिँदा वास्तविक बाबुको छिनोफानो हुन सकेकोे थिएन । कसको हो यो गर्भ ? पतिको कि उपपतिको ?
कस्तो हो यो गर्भ ? औरस कि क्षेत्रज ?
भन्दै त्यहाँ उपस्थित अन्य व्यक्ति पनि आपसमा श्रौती श्रसाउती गर्न थाले । गर्भस्थ शिशुले यो सबै सुनिरहेको थियो । पिताको शिक्षादीक्षा र संस्कारले गर्दा उसलाई गर्भमै दिव्यज्ञान प्राप्त थियो । तथापि, यो छोरा अमूकको हो भन्ने कुराको निर्णय भने आमाले नै गर्नुपथ्र्यो । तारा यसरी नबोलिदिँदा उसलाई पनि भोलि समाजमा उभिएर मेरा बाबु यिनै हुन् भन्न अप्ठ्यारो हुने भयो ।
ताराको दैवी रज र सोमको मानवीय वीर्यको मिश्रणमा निर्मित गर्भस्थ शिशु साह्रै चतुरो थियो । उसले आमाको पेटभित्रैबाट बाहिरको सबै कुरा सुनिरहेको थियो । ऊभित्र भित्रै साहै्र दुःखी भयो ।

यो सबै मेरा कारणले भएको हो । सोमको केही दोष छैन । बिहे गर्न तम्सिनेले आफ्नी पत्नीको सुखदुःख बुझ्नुपर्छ । संसारै बिर्सी पतिकै पछि लागेर आएकी पत्नीलार्ई समय दिन पनि हेक्का हुनुपर्छ

आमाले फलानुको गर्भ हो, नभनुन्ज्याल बाबुलाई पनि यो भ्रुण मेरो हो भन्ने थाहा हुँदैन । आमा यसरी मौन बसिदिँदा त म अज्ञातपितृक छोरो पो हुने भएँ, बाबुको ठेगान नभएको भन्ने लाग्यो गर्भस्थ शिशुलाई । अब त ऊ पनि आमासँग रिसायो । उसले पेटभित्रैबाट तारालाई भन्यो, ‘ए आमा ? तिमी किन बोल्दिनौ ?
तिमीलाई के म व्यभिचारिणी भनूँ † साँचो भन † म कसको छोरा हुँ ? नत्र म तिमीलाई सराप दिन्छु ।’ ताराका पेटभित्र रहेको भुराको त्यो वाक्य सुनेर सबैजना एक छिन स्तब्ध भए । तिनीहरू एक आपसमा कानेखुसी श्रुति÷साउती गर्न थाले ।
लौ अब अनर्थ हुन थाल्यो । यस समस्याको समयमै समाधान गरिएन भने यसले अर्को विपत्ति थप्छ भनेर ब्रह्माजीले तत्कालै तारालाई ओडारभित्र अलिक पर एकान्तमा लगे । यसबेला रिसाउनु, तर्साउनु उपयुक्त हुँदैन भनेर उनले तारालाई छोरीको सम्बोधन गर्दै बडो आत्मीय भावले सोधे, ‘तिम्रो गर्भमा रहेको शिशु कसको हो ?’‘यो गर्भ सोम आत्रेयको हो,’ उनले उत्तर दिइन् ।
‘वृहस्पतिले त्यो गर्भस्थ शिशु मेरो हो भन्ने दाबी गर्छन् नि त ?’ प्रतिप्रश्न गरे विधाताले ।‘दाबी पैरवी उनले जेसुकै गरे पनि गर्भाधान सोमले गरेका हुन् । देवगुरुको त मात्र क्षणिक सम्भोग हो, वीर्यनिषेक होइन,’ शिर निहुराउँदै प्रतिवाद गरिन् ताराले।
विधातालाई यो कुरा सुन्नासाथ भित्रभित्रै झनक्क रिस उठ्यो । तथापि, त्यसलाई उनले रतिभर पनि अभिव्यक्त हुन दिएनन् । पितामहले ताराको हात समात्दै विस्तारै विस्तारै उनलाई देवगुरुसामु ल्याए । अनि निर्णायक वाक्य भने, ‘अब यस समस्याको समाधान भयो । यो गर्भ सोमको हो । वृहस्पतिको होइन । देवगुरुले पतिधर्मको पालनमा उपेक्षा गर्नाले यस्तो परिस्थितिको सिर्जना भएको रहेछ । ल, देवगुरु अब तारालाई स्वीकार गर †’
पितामहले ताराको हात समाएर वृहस्पतिलाई थमाउन खोजे ।
वृहस्पतिलाई भने असजिलो लाग्यो । एकपाइला पछि सर्दै उनले भने, ‘क्षमा रहोस् पितामह । मैले पत्नीलाई समय दिन नसक्दा यो परिस्थिति आयो होला । ताराको पेटमा गर्भ छ । यिनी सोमसँग भागेर यहाँ आएकी छन् । यो कसको गर्भ हो भन्ने कुरा बाबुलाई भन्दा आमालाई थाहा हुन्छ । आमाले जसलाई तोक्छन् त्यही बाबु हुन्छ । गर्भ सुरक्षित नरहेको खण्डमा परकीयसँग भएको सम्बन्धसम्म पनि पतिलाई थाहा हुँदैन । केही महिलाहरूले त यस्तो स्थितिमा विभिन्न उपायले गर्भस्राव गरेर आफूलाई समाजमा चोखा सुकिला भएको देखाउँछन् पनि ।’

‘तारा मेरी पत्नी हुन् भन्दैमा जानी जानी घर छोडेकी र अर्काको पेट बोकेकी महिलालाई गर्भैसित मैले घरमा भिœयाउन त भएन नि † लोकको लाज र डर पनि त मान्नैप¥यो । यस्तो नियम हाम्रो स्वर्गमा पनि छैन,’ वृहस्पतिले बह्मालाई निवेदन गरे ।समस्या त फेरि पनि जस्ताको तस्तै रह्यो, जहाँको त्यहीँ ।एकछिन केही विचार गरेपछि ब्रह्माले फेरि तारालाई एकान्तमा लगेर उनको कानफुके, ‘तिम्रो शिशुु गर्भमै बोल्न सक्ने भएको छ । यसको जन्मिने समय भइसकेजस्तो छ । अब सर्वप्रथम तिमीले शिशुलाई जन्म देऊ र यस संकटको परिस्थितिबाट आफूलाई मुक्त पार । अनि आफ्नो पति वृहस्पतिसँग जाऊ ।’
ताराले ब्रह्माको सल्लाह मानिन् । उनले अलिपर गुफाको खोंचमा गई आफू छेकिएर बसिन् । अनि केही समयपछि एउटा शिशुलाई जन्माइन् । नाटीकुटी सोमकै जस्तो अनुहार भएको जन्मेको थियो त्यो शिशु । अब त त्यसै अनुहारबाटै ऊ कसको छोरा हो भन्ने समस्याको पूर्ण समाधान हुन सक्दथ्यो ।
सोम आत्रेयमाथि वृहस्पतिको खार छुटेको थियो । उनलाई यो खार कसरी पोखौं भन्ने लागिरहेको थियो । वृहस्पतिले अलिक अप्रसन्न मुखाकृृति गराएर सोमलाई सोधे, ‘आफ्नो इच्छा नहुँदा नहुँदै पनि पितामहको अत्याग्रहमा मैले तिमीलाई आफूकहाँ पढ्न राखें । यस्तो काम तिमीले किन ग¥यौ ?’
सोमले यो प्रश्न सुन्नासाथ ताराको मुख हेरे । उनले केही भन्न नपाउँदै ताराले उनलाई बीचैमा उछिनिन् । उनले भनिन्, ‘यो सबै मेरा कारणले भएको हो । सोमको केही दोष छैन । बिहे गर्न तम्सिनेले आफ्नी पत्नीको सुखदुःख बुझ्नुपर्छ । संसारै बिर्सेर पतिकै पछि लागेर आएकी पत्नीलार्ई समय दिन पनि हेक्का हुनुपर्छ । घरको गोसाहाँले आफ्नी पत्नीलाई घरबँधुवा भैंसी गराएर कीलामा जकड्याइरहने र आफू सधैं सुरुवाल लाएर बाहिरैतिर हिँड्ने र रम्न थालेपछि घाँस–सोत्तरदेखि ठेको–मधानीसम्मको काम गोठालाले गर्छ ।’

ताराको कुरासुनेर वृहस्पतिले शिर नुघाए ।विधाताले मनमनै भने, ‘तारा र सोमको यस कार्यले भावी लोकमर्यादा विखण्डित हुन्छ । त्यसो हुनाले सोमले पनि यसको प्रायश्चित्त गर्नैपर्छ । के गर्नु † नाति भनेर भएन ।’उनले मुख खोले, ‘वृहस्पति ? तिमीले यस उल्लूलाई पनि दण्ड दिएर भविष्यमा लोकलाई यस छाडा प्रवृत्तिबाट रोक्ने आदर्श कायम गर । अन्यथा पछिसम्मलाई यो कुरा नराम्रो उदाहरण बन्न जानेछ ।’
विधाताको आज्ञा पालन गर्दै वृहस्पतिले भने, ‘सोम, तिमी मेरो निवासमा पढ्न बसेका हौ । तिम्रो अध्ययन र अन्य व्यवहारबारे मलाई केही भन्नु छैन । तर, तिमी अनुचित मार्गमा लाग्यौ । जन्मदिने जननी मात्र आमा होइनन्, गुरुपत्नी, आचार्यपत्नी, श्वशुरपत्नी र धात्रीहरू पनि आमासमान हुन्छन् । तिमीले कुल गुरुपत्नीसँग अनुचित व्यवहार ग¥यौ । तिम्रो यस अविवेकपूर्ण कार्यले गर्दा मैले तारालाई पनि स्वीकार गर्नुप¥यो । सोम आत्रेय चाहिनेभन्दा बढी कुनै पनि कुरा राम्रो हुँदैन, केही पनि कुरा राम्रो हुँदैन । अति भयो भने क्षति हुन्छ, खति हुन्छ । तिम्रो अत्यधिक रूपको कारण आज यो अवस्था सिर्जना भएको हो । अतः तिम्रो मुखको केही भागमा चायाँ आओस् । तिम्रो सुन्दरता आजैबाट कलंकित बनोस् । तिमीले आजीवन यही दण्ड भोग्नू ।’
वृहस्पतिले सोम आत्रेयलाई सराप दिएको सुनेर त्यहाँ उपस्थित सबै एकछिन स्तब्ध भए । तर, कसैले पनि यसलाई अनुचित ठानेन । ब्रह्मालाई नाति अभिशप्त भएकोमा पीर त लागेको थियो । तर, उनलाई पनि लोक लाजबाट बच्न बचाउनका लागि यसभन्दा अर्को उपाय थिएन ।
वृहस्पतिको शाप पाएपछि सोमको मुखमा कालो चायाँ देखिन थाल्यो । चायाँ † छायाजस्तो कालो चायाँ । त्यस छायाँलाई कसैका आँखाले मृगका सिङको आकार जस्तो देख्यो । अनि उनको नाउँ मृगाङ भयो । कसैले त्यसलाई दुवै कान ठाडो भएको शशारुक श्र खरायो जस्तो देखे ।