बालगोपालेश्वर कि गौरीशंकर ?

बालगोपालेश्वर कि गौरीशंकर ?

 

 डा. महेशराज पन्त

१२ वैशाख २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका अनुकम्प र परकम्पबाट ध्वस्त रिक्थको जीर्णोद्धारले जिम्मेवार संस्थाहरूको अकर्मण्यता किंवा औदासीन्यले गर्दा गति लिन सकेको छैन । त्यस्तै अगतिको मारमा रानीपोखरी पनि परेको छ ।

रानीपोखरीको मध्यभागमा पुल तरेर जानुपर्ने देवालयलाई ‘यमलेश्वर’को पनि भत्रे गरिन्छ (उदाहरणको लागि, अनूप ओझा, ‘केएम्सी टु रिकन्स्ट्रक्ट् यमलेश्वोर् टेम्प्ल् अप्m रानीपोखरी’, ‘द काठ्मान्डू पोस्ट्’, २०७२।१०।२०।४, ४ पृ.) । ‘जमल’ भत्रे ठाउँलाई संस्कृतमा ‘यमल’ बनाई जमलमा भएको शिवलिङ्गलाई ‘यमलेश्वर’ भत्रे गरेको हो कि जस्तो लाग्छ । आजभोलि भने, त्यही मन्दिर ‘बालगोपालेश्वर’को नाउँले बढी प्रसिद्ध छ । जुन मन्दिरलाई अहिले ‘बालगोपालेश्वर’ भनिन्छ, बीसौँ शताब्दीका सरकारी कागजातमा भने त्यो मन्दिर अर्कैै नाउँले पुकारिन्थ्यो भत्रे कुरामा प्रकाश पार्न यो सानो लेख कोरिएको छ ।

रानीपोखरी बनाइसकेपछि त्यस पोखरीको कुरा लेखाई प्रताप मल्ल (वि.सं. १६८०–१७३१, राज्यकाल वि.सं. १६९८–१७३१)ले ठड्याएका, उही बेहोराका ३ थान शिलापत्र पाइएका छन् । त्यस शिलापत्रमा २ थरी मिति दिइएका छन् । पहिलो मिति मूलपाठपछि र दोस्रो मिति शिलापत्रको रक्षा नगरे पाप लाग्ने र रक्षा गरे पुण्य हुने कुरा लेखिसकेपछि दिइएको छ । पहिलो मिति ‘श्रीशाके १५९२ कात्र्तिकशुदिपूर्णिमा’ हो । यो भनेको वि.सं. १७२७ कार्तिकपूर्णिमा हो । दोस्रोचाहिँ ‘सम्वत् ७९० आश्विनमासे शुक्लपक्ष ।। पूण्र्णमास्यान्तिथौ उत्रभद्रनक्षत्र ध्रुवजोगे सोमवाल’ हो । यो भनेको वि.सं. १७२७ आश्विनपूर्णिमा हो । गणना गर्दा दोस्रो मिति मिल्न आउँछ (धनवज्र वज्राचार्य, प्रधान संपादक, ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१९, ८२–८४, ३२४–३२५ पृ.) । यसैले, अघिल्लोमा ‘आश्विनशुदिपूर्णिमा’ हुनुपर्नेमा भ्रमवश ‘कात्र्तिकशुदिपूर्णिमा’ कुँदिएको

हुनुपर्छ । प्रताप मल्लले बनाउन आँटेको पोखरीको सूत्रपातनदेखि त्यहाँ बनाइएको मन्दिरको साङ्गेसम्मको तिथिमिति मल्लकालको एउटा टिपोटमा दिइएको छ । जमलको इलाकामा पर्ने, जमलख्वात भनी कहिएको जग्गामा पोखरी खत्र ने.सं. ७८४ तदनुसार वि.सं. १७२१ वैशाखकृष्णद्वादशीउप्रान्त त्रयोदशीको दिन सूत्रपातन गरियो, ने.सं. ७८७ तदनुसार वि.सं. १७२३ पौषकृष्णचतुर्थीको दिन पोखरी बनाइसकियो, ने.सं. ७८९ तदनुसार वि.सं. १७२५ माघशुक्लदशमीको दिन पोखरीको प्रतिष्ठा गर्न अग्निस्थापन गरियो, यसको ४ दिनपछि बीचमा रहेको मन्दिरको अग्निप्रतिष्ठा गर्दा ललितपुरका राजा श्रीनिवास मल्ल तथा ललितपुरका र भक्तपुरका पुजारीहरूलाई निम्ता गरिएको थियो, यस धर्मकार्यको पूर्णाहुति माघकृष्णपञ्चमीको दिन हुँदा राजा प्रताप मल्लले गाई, घोडा, राँगो, बोका र भेँडा गरी हरेक चौपाया १०८ वटा दान गरे भत्रे कुरा त्यस टिपोटबाट बुझिन्छ (काशीनाथ तमोट, ‘रानीपुखूया म्हुज्या, नीस्वना व पलिस्था’, ‘लाय्कू’, २०७४।१०।१–१५, १,११ पृ.) ।

रानीपोखरी बनाउने ताका तयार गरिएको ‘तीर्थजात्रा’ भत्रे पुस्तकमा त्यस पोखरीको प्रतिष्ठा ने.सं. ७८९ तदनुसार वि.सं. १७२५ माघशुक्लत्रयोदशीको दिन भयो भनी लेखिएको छ (महेशराज पन्त, ‘प्रताप मल्लको तीर्थजात्रा’, ‘पूर्णिमा’ १३७ पूर्णाङ्क, २०६९, २० पृ.) । पोखरीको प्रतिष्ठा ने.सं. ७८९ तदनुसार वि.सं. १७२५ माघशुक्लत्रयोदशीको दिन भयो भनी ‘तीर्थजात्रा’मा लेखिएकोमा भरखरै माथि चर्चित टिपोटमा भने ने.सं. ७८९ तदनुसार वि.सं. १७२५ माघशुक्लदशमीको दिन पोखरीको प्रतिष्ठा गर्न अग्निस्थापन गरियो, यसको ४ दिनपछि बीचमा रहेको मन्दिरको अग्निप्रतिष्ठा गरियो भनी अझ बढी खुलाइएको छ ।

यताबाट वि.सं. १७२५ माघशुक्लत्रयोदशीको दिन प्रतिष्ठा भइसकेको पोखरीसँग सम्बद्ध शिलापत्रचाहिँ २० महीनापछि राखिएको देखिन्छ । रानीपोखरीको प्रतिष्ठा ने.सं. ७९० तदनुसार वि.सं. १७२६ कार्तिकपूर्णिमाको दिन भयो भनी ‘भाषावंशावली’मा लेखिएको छ (देवीप्रसाद लंसालद्वारा संपादित २ भाग, नेपाल राष्ट्रिय पुस्तकालय, २०२३, ८८–८९ पृ.) । यस कारण ‘भाषावंशावली’मा ९ महीनापछिको मिति दिइएको ठहरिन्छ ।

प्रताप मल्लको यस शिलापत्रका तीनै पाठमा रानीपोखरीमा कुन देवताको स्थापना गरिएको हो भत्रे कुरा त्यति खुल्दैन । त्यस शिलापत्रको उठानमै संस्कृतमा ‘(…) कवीन्द्रजयप्रतापमल्लदेवेन श्रीश्रीश्रीपरमेश्वरपरमेश्वरी ब्र⋲मभूमि नियम कृतं’ (धनवज्र वज्राचार्य, प्रधान संपादक, ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१९, ८२ पृ.) र त्यसको अन्त्यअन्त्यतिर नेपालीमा ‘एति तीर्थमाहा बस्याको श्रीश्रीश्री परमेश्वर परमेश्वरी नास्याको पाप’ (उही, ८४ पृ.) भनी त्यहाँ लेखिएकोले ‘परमेश्वर’ अर्थात् ‘शिवजी’ र ‘परमेश्वरी’ अर्थात् ‘पार्वती’सँग रानीपोखरीको संबन्ध भएको संकेत आउँछ । प्रताप मल्लको माथि चर्चित शिलापत्रमा रानीपोखरीको बीचमा रहेको देवालयको विषयमा कुनै कुरा नआए पनि नेपाली भाषामा पछिल्लो समयमा लेखिएका वंशावलीहरूमध्ये कुनैमा रानीपोखरीको बीचमा इष्टदेवता

(उदाहरणको लागि, ‘भाषावंशावली’ २ भाग, ८९ पृ.) र कुनैमा इष्टदेवता र महादेवसमेत (‘देवमालावंशावली’ २ आवृत्ति, क्षिप्रानाथ, २०१३, ६० पृ.) स्थापना गरेको कुरा आएको छ । वि.सं. १९०७ देखि वि.सं. १९२० सम्म काठमाडौँको ब्रिटिश रेजिडेन्सीमा डाक्टर भई काम गरेका हेन्रि एम्ब्रोस ओल्ड्फील्ड (वि.सं. १८७९–१९२८)ले भने रानीपोखरीको बीचमा रहेको मन्दिरलाई देवीको मन्दिर भनी लेखेका छन् (‘स्केच्इज् फ्रम् निपाल्’ १ ठेली, लन्डन, डबूल्यू. एच. यालेन, ई.सं. १८८०, १११ पृ.) ।

नेपाली कलाकी ऐतिहासिक गूद्रुन ब्यू⋲नेमनले त्यस मन्दिरमा राखिएका मुख्य देवताको नाम ‘बालेश्वर’ किंवा ‘गोपालेश्वर’ भनी व्यवहार गरेकी छिन् (गेर्ड जे.आर. मेभिस्सेन र क्लाउस ब्रूनद्वारा संपादित ‘वनमालाः फेस्ट्श्रिङ्खट् ए.जे. गाइल्’, वाइड्लर बुख, फेर्लाग, ई.सं. २००६ मा छापिएको ‘द गड्इस् हरिशङ्करी÷झङ्केश्वरी, द कम्पोजिट् फर्म् अप्m द कन्सर्ट्स् अप्m विष्णु यान्ड् शिव फ्रम् नेपाल्’, ४८, ५० पृ.) ।

अहिले बालगोपालेश्वर भनी कहिने मन्दिरमा अरू धेरै मूर्ति भए पनि कहलिएका मूर्ति ३ वटा छन् । तिनमा पहिलो त शिवलिङ्ग भइहाल्यो । अर्को मूर्ति देवीको छ, पार्वती र लक्ष्मीको आधा आधा रूप भएको त्यो मूर्ति ‘हरिशंकरी’को नाउँले प्रसिद्ध छ । त्यस मूर्तिको नामान्तर ‘झङ्केश्वरी’ हो भनी तज्ज्ञहरू भन्छन् (उदाहरणको लागि, उही, ४८–५३ पृ.) । अर्को मूर्ति

‘बालगोपाल’को छ । ‘बालगोपाल’को मूर्ति र ‘ईश्वर’ अर्थात् शिवलिङ्ग त्यहाँ भएकैले द्वंद्वसमास गरी ‘बालगोपाल + ईश्वर ≠ बालगोपालेश्वर’ भनी नाउँ चलेको पनि हुन सक्छ । गूद्रुन ब्यू⋲नेमनले गरे जस्तो ‘बालेश्वर’ वा ‘गोपालेश्वर’ भनी विग्रह गर्नु जरूरी छैन । रानीपोखरीको माथि चर्चित नेपाली भाषाको शिलापत्रभन्दा ८ महीनाअगाडिको एउटा शिलालेख रानीपोखरीको उत्तरपाखामा गिर्दाभित्र बगैँचामा पाइएको छ (गौतमवज्र वज्राचार्य र महेशराज पन्त, ‘अभिलेख–संग्रह’ ३ भाग, संशोधन–मण्डल, काठमाडौँ, २०१८, २४–२५ पृ.) । पश्चिमाभिभुख माधवको पाषाणमूर्तिको पादपीठमा कुँदिएको त्यस शिलालेखमा गङ्गा, शोण, सरस्वती, यमुना, गण्डकी, कावेरी, कोशी र समुद्रको जल त्यस पोखरीमा छ भनी लेखिएको छ । प्रताप मल्लको नेपाली भाषाको शिलापत्रमा चाहिँ शोण र कावेरीको जलको चर्चा भने छैन । ने.सं. ७९० तदनुसार वि.सं. १७२६ माघपूर्णिमा मङ्गलवारको दिन प्रताप मल्लले माघव्रत गरी छोरा चक्रवर्तीन्द्रको नामले माधवको मूर्ति स्थापना गरिएको कुरा त्यहाँ लेखिएको छ ।

रानीपोखरीबीचको मन्दिरको मूल देवताको नाउँ परेको मुचुल्का

रानीपोखरीबीचको मन्दिरको हरिशंकरीको मूर्ति    (फोटो— प्रकाश खड्का)

रानीपोखरीबीचको मन्दिरको बालगोपालको मूर्ति   (फोटो— प्रकाश खड्का)

रानीपोखरीबीचको मन्दिरको शिवलिंग       (फोटो— भरत गिरी)

‘थरीथरीका नागका मणिले चम्किएको यस पोखरीमा प्रसत्र भई वाग्वती नदी सधैँ बस्न उत्कण्ठित हुनुहुन्छ, सबै देवताहरूसँग वैकुण्ठनाथले यहाँ आउन खोज्नुभयो, के भनौँ, झ्वाट्ट काशी छोडेर विश्वनाथ खुशी भई यहाँ आउनुभयो’ (‘अभिलेख–संग्रह’ ३ भाग, २५ पृ.बाट मेरो उल्था) भनी माधवमूर्तिको पादपीठको यस शिलालेखमा काव्यात्मक रूपमा लेखिएको छ । वाग्वतीको १० हजार ६ सय ४१ भारी जल यस पोखरीमा हालिएको छ भनी नेपाली भाषामा राखिएको रानीपोखरीसम्बन्धी शिलापत्रमा लेखिएकोले ‘वाग्वती यहाँ बस्न उत्कण्ठित हुनुहुन्छ’ भनी लेखिएकोको त अर्थ लाग्यो । माधवमूर्ति रानीपोखरीकै गिर्दाभित्र स्थापना गरिएकोले ‘वैकुण्ठनाथ अर्थात् वैकुण्ठका मालिक विष्णु यहाँ आउन खोज्नुभयो’ भनी लेखिएको कुराको पनि अर्थसगंति हुन्छ । ‘झ्वाट्ट काशी छोडेर विश्वनाथ खुशी भई यहाँ आउनुभयो’ भनी माधवमूर्तिको पादपीठमा लेखिएको कुराको अर्थसंगति मिलाउन भने अलि अप्ठ्यारो छ ।

मुगल बादशाह औरङ्गजेब (वि.सं. १६७५–१७६३, राज्यकाल वि.सं. १७१५–१७६३)ले वि.सं. १७२६ भाद्रकृष्णचतुर्थीको दिन काशी विश्वनाथको लिङ्ग नष्ट गरेकाले (धनवज्र वज्राचार्य, ‘चौतारा भगीरथ भैया’, ‘पूर्णिमा’ ५ पूर्णाङ्क, २६ पृ.) यस माधवमूर्तिको स्थापना गर्दा विश्वनाथको लिङ्ग नष्ट गरेको झण्डै ५ महीना भएको थियो । सनातनधर्मीहरूको दृष्टिमा यो ठूलो घटना भएकोले प्रताप मल्लले यसलाई बिर्सन नसकेकोमा आश्चर्य त छैन, वैष्णवमूर्तिको पादपीठमा शैवमूर्तिको संदर्भ किन राखियो, त्यो भने अनुसंधेय छ । मैले जर्मनीको तर्पmबाट नेपाल–जर्मनहस्तलिखितग्रन्थसंरक्षणपरियोजनामा काम गर्दा त्यस परियोजनामार्पmत गूठीअड्डाका कागजातको पनि माइक्रोफिल्म भएको थियो । यही क्रममा २६ वर्षअगाडि रानीपोखरीको गूठीसंबन्धी कागजातको माइक्रोफिल्म गरिएको थियो । परारको महाभूकम्पले नष्ट रानीपोखरीको जीर्णोद्धारको विषयमा खैलाबैला हुँदा रानीपोखरीको इतिहास बुझ्नको लागि गूठीका कागजात पनि उपयोगी हुने जस्तो

लाग्यो । त्यसैले माइक्रोफिल्म गर्दा तयार गरिएका, ६६ वटा ठेलीमा लेखिएका, गूठीका कागजातका सूचीपत्र रोशनी श्रेष्ठको सहयोगमा महीनौँ लगाएर केलाइयो । त्यसपछि त्यस्ता कागजातको रीडर्प्रिन्ट शुल्क बुझाई राष्ट्रिय अभिलेखालयबाट मगाइयो । अहिलेभन्दा सय वर्ष जतिअगाडि रानीपोखरीको बीचको मन्दिरमा रहेका मूलदेवतालाई के नाउँले पुकारिन्थ्यो भत्रे कुरा ती कागजातबाट थाहा हुन गयो । त्यस्तै कागजातमध्ये वि.सं. १९६५ आश्विन ९ गतेको मुचुल्काको केही अंश प्रचलित वर्णविन्यासमा ढालेर उतारिन्छ—

‘लिखितम् शहर काठमाडौँ वटुटोल मुबहाल बस्ने ठेकेदार घनानन्द गुभाजू

‘आगे गूठीबन्दोबस्तअड्डामार्पmत ६१ सालका बालीलाई ठेक्का लिएका श्रीकोटिलिङ्ग कीलेश्वर गौरीशंकरका गूठीमा दर्ता भएका खेतपाखाको हाल कमाउने मोहीको नाउँ वतन कूत दैदस्तुर जो जो छ सो र गूठीका मन्दिर सत्तल तलाउ बगैँचा साँघु धारा पुल पौवा यस यस ठाउँमा यति यति सो पाटीपौवालाई जगेरा जग्गा यस यस ठाउँको यति यति रहेछ भत्रे र सो देवताका असामीघर नगदी जिन्सी लालमोहर दानपत्र शिलापत्र तावापत्र पञ्जील जो जो छ सोसमेतको लगत लेखी सहीछाप गरी देऊ भनी यस अड्डाबाट पक्राउ गरी सोधनी गर्दा मेरो चित्त बुझ्यो. सो गूठीको सनदपत्र मेरा जिम्मा केही छैन. गूठीबन्दोबस्तबाट दिएका लगतबमोजिम ६२ सालका खेतपाखा हाल कायम मोहीको नाउँ वतन कूत दैदस्तुर पुल पाटी पौवा सत्तल धारा साँघु बगैँचा असामीघर नगदी जिन्सीसमेतको आम्दानी र सो गूठीमा गर्नुपर्ने खर्च गूठीखर्चअड्डामा रहेका खर्चका कितापबमोजिम खर्च गरी आएको हुनाले सो आम्दानीहरूमध्ये जो भएको तपसीलमा लेखिदिएबमोजिम दुरुस्त घटीबढी फरक पारी लेखी दिएको ठह¥यो भने ऐनबमोजिम बुझाउँला भनी मुचुल्का लेखी श्री ५ सरकारतर्पm गूठीलगतअड्डामार्पmत श्री ५ सरकारमा चढायूँ (…)

‘बन्दोबस्तले दिएका लगतमा नभएको रानीपोखरीबीचको गौरीशंकरको हाल पूजाहारीसँग बुझ्दा निजले लेखाइदिएकोबमोजिम तावापत्र शिलापत्र जगेरा केही छैन.

‘रानीपोखरीका दक्षिण ढुङ्गाका हात्तीको पछाडि कोटिलिङ्गेश्वरका देवालय—१

‘रानीपोखरीबीचका गौरीशंकरका देवालय—१

‘रानीपोखरीका उत्तर कीलेश्वरका देवालय—१

‘चार कुनाको देवालय—४

‘रानीपोखरीका बीचको गौरीशंकरको देवालय जाने पुल—१’

(गूठीजाँचको ४ नं.को पोकामा रहेको पत्र ≠ माइक्रोफिल्म नं. के २०१÷७ । मिति भित्रै हस्ताक्षरमा यसरी हालिएको छ— ‘ईति सम्वत १९६५ साल मीति आश्वीण ९ गते १ रोज शुभ्म्’)

रानीपोखरीको बीचमा रहेको पुल तरेर जानुपर्ने देवालयका मूलदेवता ‘गौरीशंकर’ भनी त्यस ताका कहिँदा रहेछन् भत्रे यताबाट देखिन आएको छ । तर अहिले त्यहाँ गौरीशंकरको अर्थात् शिव र पार्वतीको संयुक्त मूर्ति देखिँदैन । यति मात्र होइन, रानीपोखरीको ४ कुनाका देवालयमध्ये उत्तरपट्टिको र दक्षिणपट्टिको देवताको नाउँ पनि यस पत्रबाट स्पष्ट भएका छन् । रानीपोखरीको गूठीसंबन्धी थुप्रै कागजातमा ‘गौरीशंकर’ नाम आएको

छ । यस्ता पत्रको विशद परिशीलन गर्ने हो भने, रानीपोखरीको गूठीसंबन्धी धेरै कुरा थाहा हुन सक्छन् । अहिले त रानीपोखरीको बीचको मन्दिरमा मूलदेवताको रूपमा शिवलिङ्ग प्रतिष्ठित रहेकोले

‘गौरीशंकर’ यो नाम उपयुक्त छैन भत्रे स्पष्ट छ । प्रताप मल्लले राखेको रानीपोखरीसंबन्धी शिलापत्रमा परमेश्वर र परमेश्वरीको नाउँ लिइएकोले पनि पहिले गौरीशंकरकै मूर्ति त्यहाँ मूल रूपमा प्रतिष्ठित थियो कि जस्तो लाग्छ । तर त्यस मन्दिरभित्र रहेका मूर्तिमध्ये गौरीशंकर भनी पहिचान गर्न सकिने मूर्ति नभेट्टिएकोले यस विषयमा बढी खोजी आवश्यक छ ।

‘भाषावंशावली’मा इष्टदेवताको मूर्ति स्थापना गरिएको भनी लेखिएकोले, मल्लहरूका इष्टदेवता तलेजु÷देगुतलेजु भएकाले र हेन्रि एम्ब्रोस ओल्ड्फील्डले देवीको मूर्ति स्थापना गरिएको छ भनी लेखेकाले त्यस मन्दिरमा स्थापना गरिएका देवदेवीमध्ये पछि पछि हरिशंकरीको माहात्म्य बढेको जस्तो लाग्छ । मन्दिरको भित्रपट्टि यति मात्र मूर्ति नभई विष्णु, सूर्य, गणेश आदिका मूर्ति र खिइएर जाँदा चित्र नसकिएका अरू मूर्ति पनि छन् । ती सबै मूर्तिको प्रतिमालक्षणअनुसार परिशीलन गरिहाल्नुपर्छ, मैले त बीसौँ शताब्दीका कागजातमा देखिएको कुरा मात्र उजागर गरेको हुँ ।