प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए सपथ

हेटौंडा, २९ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा नियुक्त डोरमणि पौडेलले सोमबार विहान पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको हेटौंडास्थित कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ गराएका हुन् । उनले केहीबेरमा पदभार सम्हाल्दै छन् ।
प्रदेश ३ मा एमालेले बहुमत ल्याएको थियो । एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।