फोरमले छान्यो समानुपातिक सांसद्, राजेन्द्र श्रेष्ठ पनि सिफारिस

काठमाडौं, २९ माघ । संघीय समाजवादी फोरम नेपालले आफ्नो भागमा परेको प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमले एक पुरुष र पाँच महिला छानेको हो ।

फोरमबाट समानुपातिक सांसद बन्नेमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् । यसैगरी, सरिता गिरी, रेणु यादव, कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजलाई सिफारिस गरिएको हो ।