हिमपातसंगै डोल्पामा सञ्चार बिछेद हुने खतरा बढ्दो

सरोज थापा / राजधानी
माघ २९ डोल्पा

सोमबार बिहानदेखि भएको हिमपातले डोल्पाको जनजीवन प्रभाबित भएको छ । हिमपात भएर नेपाल टेलिकमको रेडियो लिङ्गको सोलारमा हिँउ जमे पछि डोल्पा जिल्ला सञ्चार बिच्छेद खुने खतरा बढेको छ । डोल्पा जिल्लाको ९० प्रतिशत भुभाग हिमपातले सेताम्य भएका छन । ठुलो पानी संगै हिमपात हुन लागेपछि जिल्लाको अधिकांश क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभाबित भएको हो ।

एक साता देखि लागेको बादलले रसिको डांड जुम्ला डोल्पाको सिमानामा पर्ने मौरे लेखमा करिव ४२ सय मिटरको उचाइँमा रहेको रेडियो लिङ्ग सञ्चालनको लागि राखेको सोलारमा घाम नलागे पछि जिल्लाको अधिकांश क्षेत्र सञ्चार बिहिन हुने चिन्ता बढेको छ । दुर सञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ । हप्ता दिन देखिको बादल र हावाहुरिले डोल्पाको न्यूनतमा तापक्रम माइनसमा झरेको छ ।
मोवाइल सेवालगायत ईन्टरनेट र पियसटिएन फोनहरु सबै रेडियो लिङ्गमा जडित भएको कारण पनि पावरमा समस्या आए पछि सबै सेवाहरु बन्द हुने दुरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ । हिमपात पछि यदि सञ्चार बिहिन भयो भने हिमपातका कारण हुन सक्ने घटनाहरु सहजै समाधान गर्न नसकिने देखिन्छ ।

खेतीको लागि राम्रो हुने भन्दै कृषकहरु भने उत्साहित भएका छन । यति बेला परेको हिउँ र पानीले कृषककालागि मलको रुपमा काम गर्ने भन्दै निकै राम्रो लक्षण भएको ठुलीभेरि नगरपालिकाका कृषक कमल बहादुर क्षेत्रिले बताए । उनले भने हिमपातले कृषकलाई राहत दिन्छ किनकी डोल्पाको जमिन सुख्खा छ यसले ओसिलो बनाउँछ ।

तल्लो डोल्पाका कृषक हिमपात र बर्षासंगै खुशि मनाउदै गर्दा माथिल्लो डोल्पामा स्थानीय दुखित छन । बिहानै देखि परेको हिमपात झण्डै एक फिट सम्म पुगेको स्थानीयहरु बताउँछन । चिसो बढ्दो भएको र हिमपात पछि हिउँ पहिरोको डर हुने भएकोले चिन्तीत तुल्याएको साल्दाका चौरि गोठाला क्याल्जेन गुरुङले बताए । उनले भने हाम्रा लागि हिमपात प्राकृतिक बिपत्ती भैदिन्छ हिउँपहिरोले लाखौको क्षेति हुने गर्दछ ।
रातभर पनि हिमपात भइरहे सदरमुकाम दुनैमा पनि आधा फिट भन्दा धेरै हिउँ जम्ने अनुमान गरिएको छ । हाल दुनै र त्रिपूराकोट बाहेक जिल्लाको सबै क्षेत्रमा भारि हिमपात भै रहेको स्थानीयहरुले जानकारी दिएका छन ।