प्रतिनिधिसभा समानुपातिक परिणाम दलले बुझाए सांसद सूची

कांग्रेसका महिला–पुरुष २०÷२०

 

राजधानी समाचारदाता / काठमाडौं

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ४० सिट प्राप्त गरेको कांग्रेसले २० पुरुष र २० जना महिलाको नाम निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले सोमबार बिहानैदेखिको बालुवाटार बैठकपछि साँझ निर्वाचित गर्नुपर्ने आफ्ना ४० उम्मेदवारको नाम आयोगमा बुझाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको सिटका आधारमा नाम टुंगो लगाएर आयोगमा बुझाएको बताए ।

‘कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ प्राप्त गरेको सिटका आधारमा ४० जनाकै नाम आयोगमा बुझाएको छ, आयोगलाई पहिल्यै बुझाएको सूचीकै क्रमअनुसार नाम बुझाएका छौं,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

राजपाका सबै महिला फोरमका १ पुरुष, ५ महिला

काठमाडौं / रास– राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसदको टुंगो लगाएका छन् । दुवै दलले सोमबार नामावली टुंगो लगाउँदै निर्वाचन आयोगमा सूची बुझाएका छन् । राजपा नेपाल अध्यक्ष मण्डल बैठकले पार्टीले पाएको ६ महिला सिटका लागि नाम सिफारिस गरेको सचिव उपेन्द्र महतोले बताए ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालले पाएका ६ सिटमध्ये एक पुरुषतर्फ सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित पाँच महिलाको नाम सिफारिस गरेको छ । यता, राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले प्रदेश २ को प्रदेशसभा संसदीय दलको नेतामा जितेन्द्र सोनललाई मनोनीत गरेको छ । साथै, प्रदेश २ को सभामुखका लागि सरोजकुमार यादवलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय भएको छ ।

माओवादीका पूर्वसभामुखदेखि मन्त्रीसम्म

राजधानी समाचारदाता / काठमाडौं

माओवादी केन्द्रले प्रतिनिधिसभा समानुपातिकतर्फका १७ सांसदको टुंगो लगाउँदै निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रले एक पुरुष र १६ जना महिलाको नाम टुंगो लगाउँदै नामावली सोमबार आयोगमा बुझाएको हो । माओवादी केन्द्रले आयोगमा बुझाएको सूचीमा रुपान्तरित व्यवस्थापिका–संसद्को सभामुखदेखि संविधानसभाको पूर्वउपाध्यक्ष तथा पूर्वमन्त्रीहरू परेका छन् ।

माओवादी समानुपातिक सांसदको सूचीमा रुपान्तरित संसद्को सभामुख ओनसरी घर्ती आदिवासी तथा जनजाति कोटाबाट परेकी छन् । पहिलो संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदी पनि महिलातर्फ खस–आर्य सूचीमा परेकी छन् । यस्तै, पूर्वमन्त्रीहरू रेखा शर्मा, सत्या पहाडी खस–आर्यबाट सांसदमा छानिएका छन् । पूर्वमन्त्री हितराज पाण्डे भने पुरुषतर्फ समानुपातिक बन्ने एक्ला सांसदमा छानिएका छन् ।

प्रतिनिधिसभा समानुपातिक सांसद

नेपाली कांग्रेस

खस–आर्य पुरुषतर्फ

बालकृष्ण खाँड

दिलेन्द्र बडु

किशोरसिंह राठौर

सत्यनारायण खनाल

सूर्यबहादुर केसी

मोहन पाण्डे

आदिवासी जनजाति पुरुषतर्फ

बहादुरसिंह लामा

कर्मा घले

उमेश श्रेष्ठ

लालकाजी गुरुङ

जिपछिरिङ लामा

दिव्यमणि राजभण्डारी

दलित पुरुषतर्फ

मानबहादुर विश्वकर्मा

मीन विश्वकर्मा

प्रकाश रसाइली

मधेसी पुरुषतर्फ

विनोद चौधरी

स्मृतिनारायण चौधरी

नागेन्द्रकुमार राय

खस–आर्य महिलातर्फ

सुजाता कोइराला

पुष्पा भुसाल

डिला संग्रौला

मीना पाण्डे

उमा रेग्मी

दीपशिखा शर्मा

आदिवासी जनजाति महिलातर्फ

ज्ञानकुमारी छन्त्याल

प्रमिला राई

महेन्द्रकुमारी लिम्बू

हीरा गुरुङ

मीना सुब्बा

दलित महिलातर्फ

सुजाता परियार

लक्ष्मी परियार

विमला नेपाली

मधेसी महिलातर्फ

सीतादेवी यादव

चित्रलेखा यादव

मीनाक्षी झा

थारू पुरुषतर्फ

पद्मनारायण चौधरी

थारू महिलातर्फ

पार्वता डीसी चौधरी

नमिताकुमारी चौधरी

मुस्लिम पुरुषतर्फ

अहतर कमाल मुसलमान

मुस्लिम महिलातर्फ

सर्वत आरा खान

नेकपा माओवादी केन्द्र

पुरुषतर्फ

हितराज पाण्डे

आदिवासी जनजाति महिलातर्फ

ओनसरी घर्ती

जयपुरी घर्ती

शशी श्रेष्ठ

यशोदा सुवेदी गुरुङ

अमृता थापा

खस–आर्य महिलातर्फ

रेखा शर्मा

पूर्णकुमारी सुवेदी

सत्या पहाडी

धर्मशीला चापागाईं

सीता पोखरेल

मधेसी महिलातर्फ

इन्दु शर्मा

बोधमाया यादव

दलित महिलातर्फ

अञ्जना विशुंखे

दुर्गा विक

थारू महिलातर्फ

रामकुमारी चौधरी

मुस्लिम महिला

सेखतारा चाँद

राजपा नेपाल

महिलातर्फ

चन्दा चौधरी

रानी मण्डल

दुलारी देवी खंग

रेणु शर्मा

अमृता अग्रहरी

निर्जला राउत

फोरम नेपाल

पुरुषतर्फ

राजेन्द्र श्रेष्ठ

महिलातर्फ

सरिता गिरी

कलुदेवी विश्वकर्मा

रेणुका गुरुङ

रेणु यादव

रुही नाज