आज महाशिवरात्रि

राजधानी समाचारदाता / काठमाडौं

भगवान शिवको पुजा अर्चना गर्दै महाशिवरात्रि पर्व मंगलबार देशभर मनाइँदै छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । मंगलबार बिहान र दिनभर त्रयोदशी तिथि भए पनि रातको समयमा चतुर्दशी भएकाले यही दिनलाई शिवरात्रि मानिएको हो ।

शास्त्रीय मान्यताअनुसार चतुर्दशीमा शिवरात्रि मान्ने गरिन्छ । पर्वका दिन शिवको महिमा गाउँदै मीठामीठा परिकार, भाङ, धतुरो, बेलपत्र, गाईको दूध, जौ, चन्दन आदि चढाएर पूजा गरिन्छ ।

महाशिवरात्रिका दिन पाशुपत क्षेत्रमा ६ लाखभन्दा बढी दर्शनार्थीले दर्शन गर्ने अनुमान छ । महाशिवरात्रिमा भगवान शिवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, आँगन, चौर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनसाथ आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

शिवको अर्थ कल्याण हुन्छ र यसरी कल्याण गर्ने भगवान शिवले सबैको कल्याण गर्छन् भन्ने शिवपुराणमा उल्लेख छ ।जटाधारी, निलकण्ठ, भोलेबाबा, देवादी देव महादेव, शंकर, कैलाशपतिलगायतका नामले पुकारिन्छ । महाशिवरात्रिका दिन शुक्रबार बिहानदेखि नै शुद्ध भई भगवान शिवको स्तुति गर्दै एक छाक चोखो खाएर व्रत बस्ने परम्परा छ ।

यस दिन केटाकेटीले बाटोमा डोरीले छेकी बटुवाबाट पैसा माग्ने गर्छन् । सहरी भेगभन्दा अर्धसहरी भेगमा बालबालिकासँगै युवाले पनि बाटो छेकेर सवारीसाधनबाट पैसा असुल्ने गरेका छन् ।

माता पार्वतीसँग विवाह भएको दिनका रूपमा पनि लिइने यस दिनलाई शिवभक्तले विशेष महŒवसाथ हेर्ने गरेका छन् । जाग्राम बसेर शिवधुनी जगाएर हलुवा खाने परम्परा पनि छ ।

महाशिवरात्रिका दिन पशुपति मन्दिरलगायत देशभरकै शिवालयमा भक्तजनको घुइ“चो लाग्ने गर्छ । मंगलबार त्रयोदशी उदय भए पनि रात्रि समय चतुर्दशी तिथि परेकाले मंगलबारै महाशिवरात्रि मनाइ“दै छ ।

पौराणिक कालमा एक व्याधाले सिकारका क्रममा मृगलाई रातभर कुरेर बस्दा आफू बसेको रूखमा भएका बेलपत्र चुड्दै फाल्दै गरेको र ती बेलपत्र शिवलिंगमा पर्न गएको प्रसंग छ ।