सूर्य चिसो हुने

वासिङटन / एजेन्सी– हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनअनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रूपले घट्ने देखाएको छ । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले सौर्य चक्रका बारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो ।

उनीहरूले त्यतिबेलासम्ममा सूर्यको तापक्रम ७ प्रतिशतसम्म घट्न सक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने भएको छ ।

तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरूको भनाइ छ । वैज्ञानिकहरूले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ ।