अज्ञात समूहद्वारा एनसेल टावरमा बम प्रहार

रोल्पा , १ फागुन
जिल्लाको माडी गाउँपालिका. ६ कोर्चावाङमा रहेको एनसेलको टावरमा बम प्रहार भएको छ । सोमबार मध्यरातमा गाउँको नजिकै रहेको कोर्चावाङको मिनाही बजार नजिक रहेको टावरमा बम प्रहार भएको हो ।
बम प्रहारबाट टावरमा क्षति पुगेको छ । टावरमा कसले बम प्रहार ग-यो भन्ने बारे खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार टावरमा बम विस्फोटबारे अनुसन्धान भइरहेको छ ।
मध्यरातमा स्थानीवासीले विस्फोटको ठूलो आवाज सुनेका थिए । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा भएको यस्तो घटना नेपाल कम्युनिस्ट पार्टीले गराएको प्रहरीको अनुमान रहेपनि सो पार्टीले जिम्मा भने लिएको छैन ।