कान्छी आमाको निधनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सपथ सर्यो, अब शुक्रबार मात्र

जनक श्रेष्ठ राजधानी
लमजुङ, १ फागुन

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सपथ ग्रहण मिति सरेको छ । भोलि बुधबार प्रदेश प्रमुखको निवासमा सपथ हुने तय भएकोमा शुक्रबार १० बजे हुने गरेर सरेको हो ।

मुख्यमन्त्रीमा नियुक्त गुरुङकी कान्छी आमा रतनमाया गुरुङको ८२ वर्षको उमेरमा सोमबार राति असामयिक निधनका कारणले २ फागुनमा सपथग्रहण स्थगित भएको हो ।

पृथ्वीसुब्बा गुरुङ एमाले संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए । २९ माघमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।