मोबाइल प्रयोगमा अपनाउनुपर्ने सचेतता

मोबाइल प्रयोगमा अपनाउनुपर्ने सचेतता

डा. प्रकाश बुढाथोकी

२०६८ साउनदेखि शिÔा विभागले विद्यालयमा हुने शिÔण सिकाइ प्रभावकारी बनाउन भन्दै कÔा १२ सम्मका वा माध्यमिक र उच्च माध्यमिक विद्यालयका कÔाकोठामा सेल फोन प्रतिबन्ध गरेको छ । त्यस्तै, अर्घाखाची, बा“के, काठमाडौं, कास्कीलगायतका थुप्रै जिल्लामा प्याब्सनले पढाइमा प्रतिकूल असर पारेको, यौनजन्य विकृति निम्त्याएको र दुर्घटना बढाएको मूल्यांकन गर्दै थ्री–एम वा मोबाइल, मिनिस्कर्ट र मोटरबाइकलाई बन्देज गरेका थिए ।
केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहु“दा जीवनको गति नै रोकिएजस्तो, केही नभएको, नपुगेको जस्तो छटपट हुने गर्छ हिजोआज । मोबाइलले सञ्चारलाई अति नै सहज र छिटोछरितो बनाइदिएको छ । गल्लीदेखि सडकसम्म, घरदेखि कार्यालय घाटसम्म जतासुकै जहा“सुकै पनि बोक्न सकिने र सम्पर्क गर्न सकिने, रेडियो, घडी, क्यासेट, रेर्कडर, टर्चलाइट, एसएमएस, गीत, एफएम, फोटो खिच्ने क्यामेरा, सानो टेलिभिजन, खेल, मनोरञ्जन, स्थानको नक्साजस्ता सेवा दिने, साधन भएकाले लोकप्रियता दिनप्रति दिन बढ्दो छ । यहाँसम्म कि घरमा जडान गरिएको ल्यान्डलाइन फोन उठाउन, डायल गर्न, कुरा गोप्य राख्न पनि यसकै प्रयोग भइरहेको छ । युवा पुस्तामा रोमाञ्चक र अश्लील दृश्य हेर्न पनि लोकप्रिय छ । त्यसैमा सानो लगानीमै सिम र मोबाइल सेटको उपलब्धताले सबैको हातहातमा पुगेको छ ।
अस्पतालका संवेदनशील वार्ड आईसीयू, पोस्ट अपरेटिभ वार्डमा कर्मचारी, चिकित्सक, बिरामीका कुरुवा र आफन्तले मोबाइल लग्दा र प्रयोग गर्दा मोबाइलमा रहेका किटाणुहरू बिरामीमा सर्ने, मुख्यतया प्रतिरोधात्मक Ôमता कम भएकामा फोक्सो, छाला, घाउमा रोग लाग्ने, बल्झिने, निको नहुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिÈद्को सर्भेले देखाएको छ । मोबाइलको खोल, हात र कानमा भएका सूक्ष्मजीव नै बिरामीमा पाइएको थियो ।

मोबाइल

सन् १९९० को दशकमा अमेरिका र स्क्यान्डिनेभियन देशबाट सुरु गरिएको मोबाइल फोन त्यसको एक दशकपछि सन् १९९९ मा मात्र नेपालमा भित्रिएको थियो । एक दशकमा हुने खानेमा सीमित मोबाइल फोन रिक्सा चलाउने, विद्यालय, कलेजका युवायुवती, गृहिणी, कर्मचारीका हात हातमा पुगी प्रयोगकर्ताको संख्या डेढ करोड नाघिसकेको छ ।
अक्सफाम कम्पनीका अनुसार ८० प्रतिशत मोबाइल प्रयोगकर्ता सिरानीमा मोबाइल च्याप्ने गर्छन् । उक्त बानी स्वास्थ्यका लागि हानिकारक रहेको तथ्यहरू उजागर भइरहका छन् । बेलायतको द स्लिप स्कुलको शोधमा यसो गर्दा मस्तिष्क सक्रिय भइरहन्छ र गहिरो निद्रा नपर्दा भोलिपल्टको दिन तनाव र आलस्ययुक्त हुन्छ । शरीरमा मेलाटोनिन हर्माेनको नियन्त्रणमा प्रभाव पर्छ, जसले कोर्टिजोन नामक स्ट्रेस हर्माेनको स्तर बढ्छ र निद्रामा पनि तनाव महसुस भइरहन्छ । बालबालिकाको टाउको वयस्कभन्दा पातलो, सानो र पूर्ण विकसित नभएकाले विकीरणले सजिलै र छिटो असर पु¥याउ“छ ।

कमिजको बाया“ गोजीमा मोबाइल राख्नेमा हृदयको तरंगमा दुष्प्रभाव, पाइन्टको गोजीमा राख्दा प्रजनन क्षमतामा नकारात्मक असर, टाउको र कान छेउछाउको भागमा राखे क्यान्सरको खतरा २५ प्रतिशतले बढी हुन्छ । बढी समयसम्म कुराकानी गरेमा मोटोपना बढ्ने र टाउको दुख्ने हुन्छ

बेफाइदा

मोबाइलको रेडियो तरंगले मानवतन्तु अनावश्यक रूपमा तानिन्छ, चुम्बकीय Ôेत्रले मानव कोÈलाई नराम्रो प्रभाव पार्छ, जिनमा असर पार्छ, क्यान्सर निम्त्याउँछ । कमिजको बायाँ गोजीमा मोबाइल राख्नेमा हृदयको तरंगमा दुष्प्रभाव, पाइन्टको गोजीमा राख्दा प्रजनन Ôमतामा नकारात्मक असर, टाउको र कान छेउछाउको भागमा क्यान्सरको खतरा २५ प्रतिशतले बढी हुन्छ । बढी समयसम्म कुराकानी गर्नेमा मोटोपना, टाउको दुख्ने हुन्छ । उक्त प्रभावको चरमोत्कर्ष मुटुको रोग, नपुंसकतादेखि क्यान्सरसम्म पर्दछ ।
अध्ययनकर्ताहरू भन्छन्, आगामी १० देखि २० वर्षमा मोबाइलकै कारण मस्तिष्कको क्यान्सर हुनेहरूको संख्या १००० गुणाले ह्वात्तै बढ्नेछ । उत्पन्न हुने समस्यामा चर्को रूपमा टाउको दुख्ने, देख्ने शक्तिमा असर, स्नायु रोग, मुटुसम्बन्धी रोग, वीर्यको संख्या र गुणस्तरमा घटाई, नपुंसकता र मेनिनगियोमा, ग्लियोमा,मस्तिष्क ट्युमर तथा क्यान्सरलगायत विभिन्न क्यान्सर पर्छन् । अध्ययनअनुसार जीएसएम मोबाइल फोनका विकीरणहरू छाला, मस्तिष्क तथा शरीरका अन्य कोषका लागि हानिकारक हुन्छन् । शुक्रकीटको उत्पादनमा कमी मात्र नभई संरचना र क्षमतामा पनि परिवर्तन आउन सक्छ । तसर्थ कम्मरको वरिपरि मोबाइल फोन राख्नुहु“दैन । त्यसैमा अझ लामो समयसम्म प्रयोग गर्दा खतरा अझ बढ्छ ।
स्वीडेनमा भएको एक अध्ययनमा १० वर्Èभन्दा बढी मोबाइल प्रयोग गर्नेमा ३.९ गुणा बढी र अर्काे अध्ययनमा उक्त अवधि नै प्रयोग गर्नेमा ६० प्रतिशतभन्दा बढी ट्युमर र क्यान्सर देखाएको छ । एक खोजमासय घण्टाभन्दा बढी मोबाइल प्रयोग गर्नेमा मेनिनगियोमा हुने जोखिम २४ प्रतिशतभन्दा बढी देखाएको छ । त्यस्तै, अर्काे अनुसन्धानमा १० वर्Èभन्दा बढी प्रयोगकर्तामा ग्लियोमा २१ प्रतिशत बढी देखिएका छन् । क्ल्मिल्यान्ड क्लिनिक रिसर्चको खोजमा दैनिक चार घण्टाभन्दा बढी प्रयोग गर्ने ३५० पुरुÈमा इलेक्ट्रोम्याग्नेटिक किरणले डीएनए, वीर्यको संख्या र गुणस्तर घटाएको पाइयो । त्यस्तै, रिप्रोडक्टिभ रिसर्च सेन्टरले पनि त्यस्तै परिणाम दिएको छ । बेलायतमा गरिएको पछिल्लो अध्ययनले मोबाइल प्रयोगकर्तालाई मस्तिष्क र कानमा असर परी क्यान्सरसम्म हुने देखाएको थियो ।

दैनिक एक घण्टाभन्दा बढी मोबाइल फोनको प्रयोग गर्नाले स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन्छ । एक दशकसम्म मोबाइल प्रयोग गर्नाले विशेष प्रकारको मस्तिष्कको क्यान्सर–एकस्टिक न्युरोमा हुने खतरा २० प्रतिशतले बढ्छ । त्यस्तै, सामान्य किसिमको मष्तिस्क क्यान्सर ग्लियोमा हुने ३० प्रतिशत मोबाइल प्रयोगकर्तामा रहन्छ । धेरै बेर कुरा गर्दा र दाहिने कानले सुन्दा टाउको दुख्ने, मष्तिस्क सुस्त हुने, मुटुनिर मोबाइल बोक्दा बेलाबेलामा मुटु च्वास्स च्वास्स दुख्न सक्छ । मोबाइल फोन प्रयोग गर्ने साइडमा गिर्खा देखिने, देखिएको गिर्खामा परिवर्तन भई मुखको क्यान्सर बन्ने गरेको अनुसन्धानबाट प्रमाणित भएको छ । रक्तकोषलाई नकारात्मक असर पार्ने, मस्तिष्कलाई आवश्यक अक्सिजन पु¥याउन नसक्ने हुनाले नै टाउको दुख्ने, रिंगटा लाग्ने, थकान महसुस हुनेलगायतका लक्षण देख्न सकिन्छ ।
अन्तमा, दिनहुँ ३० मिनटका दरले वर्Èमा ११ हजार मिनेट हामीहरू विकीरणसँग खेलिरहेका हुन्छौं । मोबाइल फोनको अत्यधिक प्रयोगले स्वास्थ्य समस्या सिर्जना गर्ने भएकाले होसियार हुनुपर्दछ । सेलफोन जीवनपद्धति नै भइसकेकाले प्रयोग नगर्ने भन्नुभन्दा मोबाइलको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउनतर्फ ठोस पहलकदमी सबैले चा“डो चाल्नुपर्छ ।

(डा. बुढाथोकी न्याम्स वीर अस्पतालका सहप्राध्यापक तथा नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन्)