जगदम्बा मोटर्सको एक्टिभेसन अभियान

काठमाडौं / रास– जगदम्बा मोटर्सको टीभीएस स्कुटर र मोटरसाइकलका नेपालका लागि आधिकारिक वितरकले टीभीएस जुपिटर क्लासिकले एक्टिभेसन कार्यक्रम सुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम ९ देखि १३ फेब्रुअरीसम्म विभिन्न सपिङ मलहरूमा आयोजना भइरहेको छ ।

एक्टिभेसन कार्यक्रम यसअघि नै बीजी मलमा ९ फेब्रुअरीमा र सिटी सेन्टरमा १० र ११ फेब्रुअरीमा आयोजना गरिएको थियो । सहभागीहरूले लाबिम मलमा १२ र १३ फेब्रुअरीमा सहभागी हुन र क्लासिक स्टाइलको बारेमा आफ्ना अनुभव सुनाउन सक्ने पनि कम्पनीले जनाएको छ ।