सामसुङ मोबाइल एक्सचेन्ज मेला

काठमाडौं / रास– हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत सञ्चालित सामसुङ प्लाजामा मोबाइल एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ । ८ देखि १८ फेब्रुअरीसम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोबाइलसँग सामसुङका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोन एक्सचेन्ज गर्न सकिनेछ ।

हालसम्म २ हजारभन्दा बढी मोबाइल सेटहरू एक्सचेन्ज भइसकेको सामसुङले जनाएको छ । मेला उपत्यकाभर फैलिएका सातवटा सामसुङ प्लाजाहरूमा सञ्चालन भइरहेको छ । मेलामा एक्सचेन्ज गर्न आएका ग्राहकका अनुसार यस्तो किसिमको कार्निभलले पुराना मोबाइल साट्नुपर्ने अवस्था आएकालाई सामसुङको नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अवसर जुराई दिएकोमा खुसी व्यक्त गरे ।

हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै यस्ता अवसर आम नागरिकलाई उपलब्ध गराउँदै लाने प्रतिबद्धता व्यक्त गरे । यो एक्सचेन्ज अफर सामसुङ प्लाजा दरबारमार्ग, महाराजगन्ज, सिभिल मल, सूर्यविनायक, नयाँ बजार, चुच्चेपाटी र कुपोण्डोलमा रहेको छ ।