सिटिजन्सद्वारा बेबीलाइफ होमलाई आर्थिक सहयोग

काठमाडौं / रास– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबीलाइफ होमलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले ११औं वार्षिक उत्सवको उपलक्ष्यमा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले सो रकमको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेका हुन् । बेबीलाइफ होममा २३ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका सञ्चालक राजकुमार पुनले बताए ।

कार्यक्रममा बेबीलाइफ होमको छात्रावासमा उज्यालो भविष्यका निम्ति बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको बैंकले जनाएकोे छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताएको पनि बैंकले जनाएको छ ।