मकवानपुरको भीमफेदीमा प्राइम बैंक

काठमाडौं / रास– प्राइम कमर्सियल बैंक लिमिटेडले मकवानपुरको भीमफेदी गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखासहित बैंकको कुल शाखा संख्या ५६ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा सोमबार एक समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरका हुन् । यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाको सञ्जाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता बैंकले व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरूलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउनेमा पनि जोड दिइएको छ ।