नयाँ बानेश्वरमा मुक्तिनाथ विकास बैंक

 

 

काठमाडौं / रास–मुक्तिनाथ विकास बैंकले नयाँ बानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । यो बैंकको ७४औं शाखा हो । स्थापनाको ११औं वर्षमा बैंकले वित्तीय विस्तारका क्रममा बैंकले यो शाखा खोलेको हो । बैंकको हालको पुँजी २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकले स्थापनादेखि हालसम्म आठपटक हकप्रद सेयर निष्कासन गरिसकेको छ । बैंकको सो शाखा कार्यालयको उद्घाटन पूर्वगभर्नर भेषबहादुर थापाले गरेका हुन् ।