रोल्पामा ग्लोबल आईएमईको शाखारहित शाखा

काठमाडौं / रास– ग्लोबल आईएमई बैंकले रोल्पाको माडी गाउँपालिका २, घर्तीगाँउमा शाखारहित सेवा विस्तार गरेको छ । यो बैंकको ६९औं शाखारहित बैंकिङ सेवा हो । माडी गाउँपालिका–२, घर्तीगाँउमा खोलिएको सेवाको सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले एक समारोहका बीच उद्घाटन गरेका हुन् । उक्त स्थानमा खोलिएको सेवाका लागि स्थानीय कमल घर्ती मगरलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आय स्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर ६९ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।त्यसैगरी, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।