प्रेम, यौन र ब्रेन

प्रेम, यौन र ब्रेन

 

ओम बानियाँ

मानवीय जीवनमा भावना (इमोसन) को ठूलो भूमिका रहन्छ । प्रेम, भय, डर, खुसी, आनन्द तथा उदासी आदि मानवीय जीवनका प्रमुख भावना (संवेग) हुन् । यी भावना ब्रेनका ‘मूल संवेग’ हुन् । मूल संवेग अनार्जित र सार्वत्रिक हुन्छन् । अर्को शब्दमा भन्ने हो भने यस्ता प्रमुख भावना सबै संस्कृतिमा पाइन्छन् । जस्तो कि आफन्त तथा प्रियजनको बिछोडमा हरेक मानिस कुनै न कुनै रूपमा दुःखी तथा उदास हुन्छन् भने प्रेममा, मिलनमा तथा सफलतामा मानिस खुसी, सुखी र आनन्दित हुन्छन् । त्यसैले हरेक सामान्य मानिसले जीवनमा प्रेम चाहन्छ, मिलन चाहन्छ, सफलता चाहन्छ ।
यसर्थ युवायुवतीले प्रणय दिवसका दिनमा उत्सव मनाउनु तथा एकअर्कालाई प्रेम प्रस्ताव राख्नु कुनै अनौठो कुरा होइन । त्यो किनभने ‘प्रेम’ हरेक सामान्य युवायुवतीका लागि एक जैविक, मनोवैज्ञानिक तथा सामाजिक आवश्यकता हो र भूमण्डलीकरणको यो समयमा ‘भ्यालेटाइन डे’ अर्थात् ‘प्रणय दिवस’ त्यो आवश्यकता पूर्तिको एक अवसर हो । तर, दुःखको कुरा के भने प्रणय दिवसका दिनमा सक्कलीभन्दा पनि नक्कली प्रेमका अनेकांै रूपरंग देख्न पाइन्छ, अधिकांश यस्ता प्रेम प्रेमीप्रेमीकाको हृदयबाट ननिस्किएर यौन उन्मत्त हुन्छन् ।

प्रेम एक धनात्मक भावना हो । यो भावना मानिसमा बाल्यकालदेखि नै विकसित हुन्छ । जब मानिसको ब्रेन कुनै मानिस, पशुपक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा एफेक्सन)को संज्ञा दिइन्छ । यस्तो संवेगमा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउ“छ । प्रेमले मानिसको तनमनमा ठूलो प्रभाव पार्छ । प्रेमले शरीरमा इन्डोर्फिन, सेरोटोनिन तथा इम्युनोग्लोबुलिन जस्ता मस्तिष्क रसायनहरू, जसले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो भूमिका निभाउ“छन्, निष्कासन गर्छ ।
सकारात्मक प्रेमको विचारले खुसीका अण निष्कासन गर्छ, जब कि नकारात्मक विचारले हाम्रो इम्युनिटीलाई नै कमजोर पार्छ, जसले गर्दा रोगहरूले आक्रमण गर्दछन् । त्यसैले ठोकुवा नै गर्न सकिन्छ, मानिसको रोगका लागि प्रेमभन्दा ठूलो चिकित्सा यो जगत्मा अर्को कुनै छैन । वास्तवमा प्रेम हरेक रोगको औÈधि हो । प्रत्येक रोगको उपचार हो । यो कुरा हरेक चिकित्सकहरूले बुझ्नुपर्छ र बिरामीलाई प्रेम र विश्वासको क्याप्सुलमा औÈधि हालेर दिनुपर्छ । तब जस्तोसुकै घातक रोग पनि निको हुन सक्छ ।

प्रेमबिना मानिसको जीवन बेस्वादिलो छ । ‘प्रेम’बिना मानिस बा“च्नै सक्दैन । अरू कुरो छोडौं, तपाईंको शरीरका अंगप्रत्यंगहरूले पनि बेलाबेलामा तपाईंको ध्यान आकर्षण गर्न खोज्छन् । तपाईंको प्रेम खोज्छन् । त्यसैले शरीरका कुनै अंग दुखेको छ भने यो यसकारणले गर्दा हो कि त्यहा“का जीव कोषहरूले तपाईंको प्रेम खोजिरहेका छन् । त्यसैले त्यो अंगमा ध्यान दिनुहोस् । प्रेमपूर्वक त्यो अंगलाई स्पर्श गर्नुहोस् त, तपाईंले तुरुन्तै राहत महसुस गर्नुहुनेछ । त्यसैले त प्रसिद्ध लेखक एम्मेट फाक्सले भनेका छन्, ‘यदि तिमीले पर्याप्त प्रेम गर्न मात्र सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछौ ।’
हुन पनि हो, यो ‘प्रेम’ शब्द नै यति मीठो र श्रुतिमधुर छ कि यो शब्दध्वनि कानमा पर्नासाथ मनस्थिति तुरुन्तै परिवर्तन हुन्छ र, मन प्रेम रसमा आल्हादित हुन पुग्छ । प्रेममा आनन्द छ । प्रेममा शीतलता र शान्ति छ । प्रेममा शक्ति पनि छ । प्रेम नै यस्तो मनोभाव हो, जसले मानिसलाई शान्ति पनि दिन्छ, शक्ति पनि दिन्छ । वास्तवमा ‘प्रेम’ जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो । जब मानिस ‘प्रेममय’ हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुनपुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ । त्यसैले नै बेन्जामिन डिजरायलीले भनेका छन्, ‘हामी सबै प्रेम गर्न उत्पत्ति भएका हौं । यो नै अस्तित्वको सिद्धान्त हो । र, एक मात्र अन्त्य ।’
हो, प्रेम सकारात्मक भावना हो । तर, प्रेममा बिघ्नबाधा तथा अड्चन आइप¥यो भने प्रेम स्वयं एक समस्या बन्छ । यसले मानिसमा क्रोध, व्यथा (डिस्टे«स) तथा उदासी जस्ता नकारात्मक भावना निम्ताउ“छ । उदासी (सैड्नेस एन्ड डिप्रेसन), यस्तो सांवेगिक प्रतिक्रिया हो, जो प्रिय मानिस बिछोड ह“ुदा तथा प्रिय वस्तु हराउ“दा उत्पन्न हुने गर्छ । जब यस्तो उदासीको संवेग ज्यादै तीव्र हुन्छ, त्यसलाई शोक वा विषाद(ग्रिफ) भनिन्छ । यदि शोक अवधि धेरै लम्बियो भने जीवनको चारैतिर अँध्यारो छाउ“छ । मानिस जिउ“दो लासजस्तो भएर बा“चेको हुन्छ । यसलाई कडाखालको अवसाद (क्लिनिकल डिप्रेसन) भनिन्छ । र, आधुनिक समाजमा डिप्रेसन आत्महत्याको एक प्रमुख कारणका रूपमा गनिन्छ ।

डिप्रेसन कुनै नया“ रोग होइन, युगांैदेखि, अझ भन्ने हो भने मानिसको उत्पत्तिस“गै समाजमा देखापरेको रोग हो । यस रोगको पुरानो नाम उदासीनता हो ।
नेपाली समाजमा प्रेमीप्रेमिकाको प्रेमको बाधक भनेको नै जातपात र धन हो । त्यसो त शिक्षा पनि कहिलेकाहीँ प्रेममा बाधक बन्ने गर्छ । अल्लारे प्रेमले पनि धेरै युवायुवतीको जीवनमा समस्या पैदा गर्छ । किनकि, अल्लारे बैंसमा धेरै युवायुवतीले प्रेमलाई केवल यौन तृष्णाको प्यास बुझाउने माध्यम ठान्छन् र यस्तै प्रेममा रमाउन चाहन्छन् । तर, ढिलोचा“डो यस्तो उन्मत्त कामुक प्रेमले मानिसको जीवनमा धेरै समस्या निम्ताउ“छ ।
युवायुवतीको कुरा मात्र पनि होइन, किशोरकिशोरदेखि वृद्धसम्मका मानिसका लागि पनि हिजोदेखि नै यौन प्रमुख आकर्षणको केन्द्र भएको छ । अधिकांश विवाहित पुरुषसमेत अन्य स्त्रीहरूस“ग यौनसम्पर्क गर्न सधैं लालयित रहन्छन् । कतिपय यस्ता मानिस यसैको खोजीमा हुन्छन् । तर, विवाहित महिलाको कुरा गर्ने हो भने पतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेका तथा आर्थिक स्थिति कमजोर भएका कतियप महिलाले परपुरुषस“ग यौनसम्पर्क राख्ने गरेको देखिन्छ । बढ्दो सहरीकरण, सहरकेन्द्रित बसाइँ तथा मोबाइल फोन, च्यानलन टिभी र इन्टरनेटले गर्दा नेपाली समाजमा समेत यौन उन्मत्ता बढ्दै गएको हो । त्यहीँमाथि भ्यालेटाइन डेको बहाना त छ“दै छ ।

हो, यौन प्राकृतिक कुरा हो । हरेक सामान्य मानिसमा यौन चाहना हुने गर्छ । अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसमा यौन भावना जन्मदेखि नै एक ऊर्जाका रूपमा मौज्दात हुन्छ । यस्तो यौन ऊर्जा युवाकालमा निकै बलवती हुने गर्छ । विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणका अनुसार युवाहरूमा यौनसम्बन्धी आकर्षण निकै तीव्र हुन्छ । तर, यस्ता युवक कन्डम या अन्य कुनै गर्भ निरोधक उपायबिना नै यौन सम्पर्क मन पराउ“छन् । कतिपय युवतीको इच्छा पनि यस्तै हुन्छ । यस्तो असुरक्षित यौन सम्पर्कबाट थुप्रै समस्या देखा पर्छन् । मानिसहरू एचआईभीको सिकारसमेत हुने गर्छन् ।
यौन एउटा मनोभावले एक समस्या हो, मानिसका लागि ठूलो समस्या, तर अर्को मनोभावले यो परमानन्द पनि हो । त्यो किनभने निर्मल प्रेमपूर्ण अंगालोको यौनक्रीडाले मानिसलाई परम आनन्दित बनाउ“दछ । स्त्रीपुरुष दुवैलाई स्वर्गीय सुख दिलाउ“छ । वास्तवमा उध्र्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो । त्यसैले भन्न सकिन्छ, उध्र्वगामी प्रेम र यौन भावानाले नै मानिस शक्ति दिन्छ, मनमस्तिष्कलाई अपार ऊर्जा दिन्छ । र नै मानिस महान् बन्छ ।
इतिहास साक्षी छ, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उच्च यौनशक्तिले परिपूर्ण थिए तर उनीहरू कहिल्यै यौन–उन्मादको सिकार भएनन् । बरु उनीहरूले त्यो उच्च यौनशक्तिलाई ऊध्र्वगामी ऊर्जामा रूपान्तरण गरी लाभार्थी भए । यो कुरा लहड र फेसनका रूपमा प्रणय दिवस मनाउन चाहनेले बुझ्नुपर्छ र प्रणय दिवसलाई यौन दिवसका रूपमा होइन कि प्रेमको पवित्र दिनका रूपमा मनाउनुपर्छ । होइन भने प्रणय दिवस व्यवहारमा भोग दिवस सावित हुनेछ ।

(बानियाँ मनोविद् हुन्)