भक्तजनको भीड

पाल्पा / रास– हिन्दूको पवित्र पर्व महाशिवरात्रिको अवसरमा पाल्पाका विभिन्न्न शिव मन्दिरमा पूजा गर्ने श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

देवताका पनि देवताका रूपमा हिन्दू धर्ममा शिवको पूजाआजा भजनकीर्तन गर्ने र शिवसँग वर माग्नेहरू परम्परा रहेको छ । शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूले महाशिवरात्रि पर्व मान्दै आएको पौराणिक कथन छ ।

शिवको पूजापाठ गर्न जिल्लाको दोभानको सिद्धबाबा मन्दिर, बराङ्दीको महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम, राम्दीधाम, केलादीधाम तानसेनको वद्रेश्वर शिवालय, प्रभास, दमकडा, रामपुर कालीगण्डकीको किनारका शिवमन्दिरमा धोनी बाल्ने, शिवलाई दूध धार दिने, पूजा गर्ने र भजनकीर्तनबाट रमाइलो गरिन्छ ।