२३ वर्षीया शुभाको प्रेममा अनुराग

मुम्बई / एजेन्सी– अभिनेत्री कल्की कोच्लिनसँग दाम्पत्य सम्बन्ध तोडेपछि तीन वर्षयताबाट प्रेम सम्बन्धमा रहेका बलिउड निर्माता एवं निर्देशक अनुराग कश्यपले प्रणय दिवसको मुखमा प्रेम सम्बन्धको खुलासा गरेका छन् ।

४५ वर्ष पुगेका यी निर्देशक अहिले आफूभन्दा आधा उमेर कान्छी २३ वर्षीय युवती शुभा सट्टीसँग प्रेम सम्बन्धमा छन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको र रिलेसनसिपमा सँगै बस्दै आएको यी निर्देशकले बताएका छन् ।

‘सबैलाई प्रेम गर्ने अधिकार हुन्छ र म प्रेमलाई सम्मान गर्छु, ९० वर्षको उमेर नै भए पनि टुटेको सम्बन्धमा दुःखी भएर बस्नुभन्दा नयाँ सम्बन्ध जोड्नु राम्रो हो,’ प्रणय दिवसको अवसरमा फिल्मफेयरसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘मेरो पहिलो सम्बन्ध तोडिए पनि प्रेममा विश्वास गरेर दोस्रोपटक प्रेम सम्बन्धमा आएको हुँ ।’

शुभा र आफूले एकअर्काले निकै माया गर्दै आएको पनि उनले बताएका छन् । तीन वर्षयताबाट आफूहरू प्रेममा रहेको र अहिले रिलेसनसिपमा भएको द्धण्पनि उनले खुलाएका छन् । पछिल्लो समय यी जोडीलाई विभिन्न कार्यक्रममा सँगै देख्न थालिएको छ ।